विवाहको अवसरमा सहयोग
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
शुभ विवाहको अवसर पारेर भीमेश्वर नगरपालिका ६ निवासी करुणा वि.कले आवाज नेपाल दोलखालाई खाद्यान्न र नगद सहयोग गर्नु भएको छ ।
जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षणको काम गर्दै आएको आवाज नेपाल दोलखालाई ५ हजार नगदसहित खाद्यान्न सहयोग गरेको आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीले बताउनुभयो । यही बैशाख १० गते विगु गाउँपािलका चिलंखा निवासी कुमार वि.क.संग विवाह वन्धनमा बाधिँनु भएकी वि.क आवाज नेपालको सदस्य समेत रहनु भएको छ ।
आवाज नेपालले लामो समयदेखि संकटासन्न अवस्थामा रहेका महिला तथा बालबालिकाको संरक्षण गर्दै आएको छ ।
हाल स्नेह केन्द्रमा बालबालिका,किशोरी,सुत्केरी,गर्भवती,जेष्ठ महिलासहित संकटासन्न अवस्थामा रहेका २८ जना प्रभावित रहेका छन् । स्नेह केन्द्रको नियमित आयआर्जनको स्रोत नभएपनि विभिन्न व्यक्ती तथा संस्थाको सहयोगमा सञ्चालन हुदै आएको संस्थाकी अध्यक्ष कार्कीको भनाइ रहेको छ ।
विगु लादुक स्थायी ठेगाना भएकी हाल बेलायमा रहनु भएकी मञ्जु केसीले पनि खाद्यान्न सहयोग गर्नुभएको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...