भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

युवा रोजगारी मेरो प्राथमिकताः अच्युतम केसी कटवाल

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

जनचाहना अनुसार गाउँको विकासका लागि उम्मेदवारी दिएको विगु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अच्युतम केसी (कटवालले) ले बताउनु भएको छ । प्रत्येक वडामा विपन्न बेरोजगार युवाको छनोट गरी आत्मनिर्भर बनाउन आधारभूतदेखि डिप्लोमासम्मको विभिन्न प्रकारका प्राविधिक सीप सिकाउने योजना रहेको कटवालले बताउनु भएको हो ।
राजनीतिक र सामाजिक अभियानको माध्यमबाट गाउँको विकासमा लाग्दै आउनु भएका कटुवालले विगु गाउँपालिकालाई दोलखाकै समृद्ध नमूना गाउँपालिका बनाउने प्रतिवद्धता गर्नु भएको छ ।
उहाँले भन्नुभयो,“जनतालाई खुसी र सुखी राख्नका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । त्यस गाउँलाई सम्बृद्ध बनाउन योजना र सपनाहरु छन् । व्यवस्थित सडकमार्ग, धार्मिक पर्यटन विकास संगै वुद्ध दर्शन अध्ययन केन्द्रको रुपमा चिनाउने काम गर्ने छु ।”
कटवालले आलम्पुको ढुंगा खानीलाई आधुनिक व्यवस्थित उद्योगका रुपमा विकास गर्ने लक्ष्य भएको बताउनु भएको छ । यसै गरी मगर भाषा उत्थानको प्रयास गर्ने, चिलंखाको बुलुक्पामा रहेको चेन्चुङ मेन्दुङ गुम्बा र १२ सय पल्टन रहेको स्थललाई ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य समेत रहेको बताउनु भएको छ ।

कटवालको सामाजिक र राजनैतिक पहिचान
कटवालले तत्कालीन लादुक गाविसको शान्ती आदर्श माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पुरा गर्नु भएको हो । वि.स. २०५६ सालबाट अनेस्ववियूमा आवद्ध हुदै कटवालले राजनीतिक जीवन सुरु गर्नुभएको हो । विगत २२ वर्षदेखि उहाँ निरन्तर राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ ।
२०५६ साल प्रवेशिका परीक्षा उत्तीर्ण गरेका कटुवाल अहिले पार्टी आबद्ध जनवर्गीय संगठन नेपाल उद्योग व्यवसायी संगठनको स्थायी समिति सदस्य तथा वागमती प्रदेश ईन्चार्जका साथै नेपाल निर्माण सामग्री सम्बद्ध व्यवसायी संघ नेपालको केन्द्रीय उपाध्यक्षको भूमिकामा रहनु भएको छ ।
उहाँले निर्माण सम्बद्ध व्यवसायी संघ काठमाडौं जिल्लाको नेतृत्व समेत सम्हाली सक्नु भएको छ ।

 

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.