एमाले गौरीशंकरको घोषणापत्रः मुलुककै नमुना र धनी गाउँपालिका बनाउने
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखा
विनिता शिवाकोटी
मुलुककै नमुना र धनी गाउँपालिका बनाउने संकल्प गर्दै नेकपा एमाले गौरीशंकर गाउँपालिका दोलखाले घोषणापत्र सार्वजनिक गरेको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित विगत ५ वर्षमा भएका कामको समीक्षा र आगामी ५ वर्षको प्रतिवद्धतासहित घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा गाउँपालिकामा कृषिको विकास गरी औद्योगिक ग्रामको स्थापना गर्ने र प्रत्येक घरमा रोजगारको व्यवस्था,लघु उद्यम स्थापनालाई प्राथमिकतामा राखिएको छ ।
यसैगरी पर्यटन पूर्वाधार तर्फ संसारकै सबैभन्दा बढी सगरमाथा आरोही रहेको बेदिङ र ना गाउँमा अन्तराष्ट्रिय पर्वतारोहण संग्रहालय स्थापना गर्न पहल गर्ने भनिएको छ । यसै गरी गाउँपालिकामा रहेका मठ,मन्दिर,गुफा,गुम्बा,तथा अन्य विविध विषयको सम्बद्र्धन र संरक्षणलाई जोड दिइएको छ । गाउँपालिकामा रहेका सुरेल,शेर्पा,तमाङ र गुरुङ जातिको संस्कृति संरक्षण र प्रदर्शन गरी पर्यटकीय विकास गर्ने उल्लेख गरिएको छ ।
महिला समानता र सशक्तीकरण तर्फ हरेक क्षेत्रमा महिलाको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गरिने भनिएको छ भने कानुनी सचेतनाका कार्यक्रम अभियानका रुपमा लैजाने प्रतिवद्धतापत्रमा लेखिएको छ ।
गाउँपालिकामा रहेका गुम्बाहरुमा सम्भोटा लिपि शिक्षणको प्रबन्ध गर्ने,सबै माध्यमिक विद्यालयलाई क्रमश आवासीय विद्यालयको रुपमा विकास गर्ने,उच्च शिक्षा अध्ययनकालागि प्रोत्साहित छात्रवृत्तिको व्यवस्था गरिने भनिएको छ ।
घोषणापत्रमा बारै महिना सडक सुचारु,सडक संजाल र पूर्वाधार, सेवा सुशासन, सामाजिक न्यायसहितको नमुना र सम्बृद्ध गाउँपालिका बनाउने गरी २६ शीर्षकमा प्रतिवद्धता लेखिएको छ । घोषणा पत्रमा शिक्षा, स्वास्थ्य, कृषि स्रोत तथा वित्तीय व्यवस्थापन, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा कोषको व्यवस्थापनदेखि, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, रोजगारीको व्यवस्थापन, सामाजिक न्याय, कला र संस्कृति ,खेलकुद सूचना तथा सञ्चार,भुकम्पपछिका पुनः निर्माण र पुन स्थापना लगायतका विषयमा पाँच बर्षमा गरिने काम उल्लेख छ ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...