प्रत्येक नागरिकलाई रोजगारी दिन्छौ ः जंग बहादुर गुरुङ
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
प्रत्येक नागरिकलाई रोजगारीको सुनिश्चित गर्न अध्यक्ष पदमा उम्मेरदवारी दिएको नेकपा एमालेको तर्पmबाट गौरीशंकर गाउँपालिकाका अध्यक्ष पदको उम्मेदवार जंग बहादुर गुरुङले बताउनु भएको छ ।
कुशल व्यवसायिक योजना र दक्षता भएका गुरुङले गाउँपालिकामा कृषि,पर्यटन र जलविद्युतको विकासको माध्यमबाट सबै नागरिकलाई रोजगारको व्यवस्थापन गर्न सकिने बताउनु भएको हो । नेकपा एमालेको स्थानीय सरकारले विगत ५ वर्षमा गरेका कामको समीक्षासहित बाँकी कामहरुलाई पूरा गर्दै सम्बृद्ध गाउँपालिका बनाउने योजना आफुसंग भएको दावी गर्नु भएको छ ।
उहाँले भन्नुभयो, “ सगरमाथा आरोहीहरुको जन्मथलो वेदिङ गाउँदेखि देशकै लोपोन्मुख एक मात्र जाति सुरेलको बसोवासले गाउँपालिकाको विशिष्ट पहिचान छ । चर्चित च्छोरोल्पा हिमताल, नेपालको स्थानीय समय प्रमाणीकरणको मापक गौरीशङ्कर हिमालसंगै दर्जनौ आकर्षक पर्यटन विकासको प्रचुर सम्भावना भएका सम्पदाहरु छन् । जलविद्युतका दृष्टिकोणले गाउँपालिका मुलुककै अग्रस्थानमा रहेको छ । हामीसंग दूरदर्शी योजना छन्, त्यसैले गाउँलाई मुलुकै धनी गाउँपालिका बनाउन सकिन्छ ।”
व्यवसायिक अनुभव
वि.स २०५२ सालदेखि व्यवसायिक जीवन शुरु गर्नु भएका गुरुङले दोलखा लगायत विभिन्न जिल्लामा जडिबुटीको व्यवसाय गर्दै आउनु भएको छ । व्यवसायको माध्यमबाट करिब ५ सय नागरिकलाइ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी दिन सफल हुनु भएको छ । वि.स. २०५६ सालमा काप्ती खोला जलविद्युत आयोजनाको अध्यक्ष भएर जलविद्युत उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । यीनै सफल व्यवसायिक अनुभवका कारण हाल उहाँ घरेलु महासंघको अध्यक्षको भूमिकामा रहनु भएको छ भने जनजाति महासंघको जिल्ला अध्यक्ष,दोलखा गुरुङ तमु समाजको महासचिव पदमा रहेर जिम्मेवारी वहन गरिरहनु भएको छ ।
राजनीतिक यात्रा
वि.सं २०४६ सालमा शान्ति आर्दश माध्यमिक विद्यालय लादुकमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा १४ वर्षको उमेरमा अनेरास्ववियू प्रारम्भिक कमिटिको सचिवको जिम्मेवारी लिँदै औपचारिक रुपमा राजनीतिक यात्राको शुरुवात गर्नुभएको हो ।
२०४७ । ४८ मा कालिञ्चोक माध्यमिक विद्यायलमा अध्ययन गर्दा अनेरास्ववियू जिल्ला कमिटि सदस्य बन्न सफल हुनुभयो । वि.स.२०५१ सालमा युवा संघ जिल्ला कमिटि सदस्य र ३ वर्ष क्षेत्रीय कमिटि सदस्यसहित ९ वर्ष युवासंघमा रहेर काम गर्नु भयो । वि.स. २०५२ सालमा नेकपा एमाले सुरी गाउँ कमिटिको सदस्य हुदै निर्वाचन क्षेत्र नं १ को उपाध्यक्षको जिम्मेवारी वहन गर्नु भयो ।
नेपाल संघीय संरचनामा गएपछिको समय गौरीशंकर गाउँपालिका संगठन कमिटिको सचिव हुदै हाल अध्यक्षको भूमिका निर्वाह गरिरहनु भएको छ । नेकपा एमालेको स्थानीय सरकार गठन पछि गाउँपालिकामा नै बसेर स्थानीय विकासको सारथि बन्दै आउनु भएका गुरुङ अहिले स्थानीय निर्वाचन २०७९ का लागि नेकपा एमालेको तर्फबाट गौरीशंङ्कर गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेर चुनावी प्रक्रियामा अगाडि बढ्नु भएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...