सरकारी सुविधाले सामाजिक काम गर्छु ः वासु श्रेष्ठ
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
विनिता शिवाकोटी
नेकपा एमाले भीनपा ५ का वडा अध्यक्ष पदका उम्मेदवार बासु श्रेष्ठले सरकारी सेवाको सुविधा वडाकै हितमा खर्च गर्ने उद्घोष गर्नु भएको छ । भीमेश्वर नगरपालिका वडा नं ५ घोक्सिला निवासी अध्यक्षका उम्मेदवार श्रेष्ठले आफू निर्वाचित भएपछि सरकारको तर्फबाट पाउने मासिक रकम वडाकै विकास र सामाजिक काम गर्ने बताउनु भएको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भए सरकारबाट प्राप्त हुने रकम सामाजिक कार्यमा खर्च गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो,“आफूले प्राप्त गर्ने मासिक रकमबाट आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्ने छु । विपन्न परिवारका विद्यार्थीको लागि छात्रवृत्ति कोष स्थापना गर्ने,आवश्यकताअनुसारका सामाजिक काम गर्ने छु ।”
वडाको सामाजिक,आर्थिक, भौतिक पूर्वाधार र पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाउनु भएको छ । सबैको सहमतिको आधारमा पायक पर्ने स्थानमा सुविधासम्पन्न भवन निर्माणदेखि वडाभित्रका सबै सडक कालोपत्रे गर्ने श्रेष्ठको योजना रहेको छ ।
यस अगाडि पनि वडाध्यक्ष पदका उम्मेदवार श्रेष्ठले गाउँको विकास र उत्थानका लागि सामाजिक सेवाका कार्य गर्दै आउनु भएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...