भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

सुन्दर र सम्बृद्ध जिरी बनाउने अभियान पूरा गर्नु छ – कृष्णमाया बुढाथोकी

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा
विनिता शिवाकोटी

जिरी नगरपालिका दोलखा उप मेयर पदकी उम्मेदवार कृष्णमाया बुढाथोकीले सुन्दर र सम्बृद्ध नगरपालिका बनाउने अठोटका साथ दोस्रो पटक उम्मेरदवारी दिएको बताउनु भएको छ । पहिलो ५ वर्ष सबै नगरवासीको मन जित्न सफल उपमेयर बुढाथोकीले पहिलो कार्यकालमा शुरुवात गरेका अभियानलाई पूर्णता दिन उम्मेरदवारी दिनु भएको बताउनु भएको हो ।
पाँच वर्षको अवधिमा सुशासन,विकास योजनालाई दिगो बनाउने,न्यायिक समितिलाई निष्पक्ष र स्वच्छ निकायको रुपमा स्थापित गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकी उपमेयर बुढाथोकीले क्लिन जिरी,ग्रिन जिरी र आर्गनिक जिरीको अभियानको थालनी गर्ने काममा ढृढताका साथ अगाडि बढ्नु भएको थियो ।
अवका दिनमा पनि सुन्दर र सम्बृद्ध जिरी निर्माणका लागि सुशासन र पारदर्शीतासंगै महिला,बालबालिका तथा जेष्ठ नागरिक,अपाङ्ता भएका व्यक्ति अनि दलित र पिछडा समूदायको अधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको उद्घोष गर्नु भएको छ ।


राजनैतिक र पारीवारिक पृष्ठभूमी
कृष्णमाया बुढाथोकीको जन्म वि.स. २०२६ सालमा गौरीशंकर गाउँपालिकाको जुगु (तत्कालीन जुँगु गाविस) मा भएको हो । बुबा कृष्ण बहादुर बुढाथोकी र आमा कलावतीकी कान्छी छोरीका रुपमा जन्म लिनु भएको हो । उहाँका एक दिदी र २ भाइहरु हुनुहुन्छ ।
सानै उमेरदेखि सामाजिक अभियानका साथ राजनीतिक आन्दोलनमा सामेल भएर समाज परिवर्तनका लागि प्रतिवद्ध बुढाथोकी वि.सं २०३९ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटि सदस्यमा रहेर जिम्मेवारी बहन गर्नु भएको थियो । वि.स.२०४३ सालमा प्रारम्भिक कमिटिको सदस्य हँुदै अनेरास्ववियू जिल्ला कमिटिको कोषाध्यक्षको जिम्मेवारी प्रभावकारी रुपमा वहन गर्नु भएको थियो ।
पञ्चायत कालदेखि नै निक्कै संघर्ष,मेहनत र इमान्दारीताका साथ सांगठनिक नेतृत्व र जिम्मेवारी पूरा गरेकै कारण वि.स. २०४७ सालमा पार्टीको संगठित सदस्य प्राप्त गर्नुभएको थियो । यस पछिका समयमा पार्टीका विभिन्न संगठन र विभागमा बसेर योगदान दिनुभयो ।
पेसागत रुपमा वि.सं २०५१ सालदेखि २०७३ सालसम्म निजि विद्यालयमा शिक्षण गर्नुभएको थियो । यो अवधिमा पार्टीको संगठन विस्तारसँगसँगै सामाजिक गतिविधिमा पनि उत्तिकै अग्रसर भएर लाग्नुभयो ।
राजनितीसगै आफ्नो अध्ययनलाई समेत निरन्तरता दिँर्दै उहाँले मानविकी तर्फ स्नातकोत्तर पुरा गरी शिक्षा शास्त्र तर्फ विएड समेत गर्नु भएको छ ।

उहाँको सागठनिक दक्षता , क्षमता र इमान्दारीताको कदर गर्दै नेकपा एमाले दोलखाले पहिलो स्थानीय तह निर्वाचन वि.सं २०७४ मा जिरी नगरपालिकाको उपप्रमुख पद उम्मेरदवार बनायो । निर्वाचनमा बहुमतका साथ विजय हासिल गरी जनताको सेवामा समर्पित बुढाथोकी दोस्रो कार्यकालका लागि पुनः चुनावी मैदानमा रहनु भएको छ ।
शालीन,शान्त र मिजासिलो स्वभावकी धनी कृष्णमाया बुढाथोकीलाई जिरीको सम्बृद्धिका लागि फेरी पनि उपमेयर पदमामा विजय गराउने नगरबासीको चाहना रहेको पाइएको छ ।

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.