निर्वाचन प्रभावित बनाउन गाउँ छिरेका युवा पक्राउ
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा —निर्वाचनलाई प्रभावित बनाउन गैर मतदाता प्रवेश गरेको भन्दै दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
आइतबार साँझ ६ वटा मोटसाइकलमा निर्वाचन बिथोल्न आएका गैर मतदाताहरुलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । उनीहरुले प्रयोग गरेको ६ वटा मोटसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीयका अनुसार मतदाता त्रसित पार्न र बुथ कब्जा गर्न प्रवेश गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । निर्वाचन बिथोल्न शंकास्पद रुपमा गाउँ प्रवेश गर्न लागेका युवालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताउनु भयो ।
प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलका अनुसार कसले प्रयोग गरेर गैर मतदाता प्रवेश गराएको भन्ने बारेमा अुनुसन्धान भइरहेको छ । निर्वाचन बिथोल्न बाहिरबाट गैर मतादाता युवा प्रवेश गर्न लागेको आशंकामा जिल्लाभरका नाकाहरुमा थप कडाइ गरिएकोे प्रहरीले जनाएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...