दशकौं लामो विकासको अनुभव आफ्नै पालिकामा अभ्यास गर्छु– पार्वती कार्की
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
विनिता शिवाकोटी
शैलुङ गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार पार्वती कार्कीले लामो समय संगालेको विकासको अनुभव आफ्नै पालिकामा प्रयोग गर्ने बताउनु भएको छ ।
३ दशक भन्दा बढी सामाजिक विकासको अभियानमा लाग्नु भएकी नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको उम्मेरदवार कार्कीले स्वास्थ्य,शिक्षा र उद्यमको क्षेत्रमा काम गरेको अनुभव गाउँको विकासमा लगानी गर्ने बताउनु भएको हो ।
कार्कीले महिलाको स्वास्थ्यलाई पहिलो प्राथकितामा राखेर काम गर्ने उद्घोष गर्नु भएको छ । अगाडिको नेतृत्वले भौतिक पूर्वाधार विकासको शुरुवात गरिसकेकोले यसलाई पूरा गर्ने अभियानसहित नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनु भएको छ ।
पहिलो ५ वर्ष नेकपा एमालेको स्थानीय सरकारले जनताको मन जितेर काम गरेको भन्दै जनताको आशालाई निराश हुन नदिने वचन दिनु भएको छ ।
स्थानीयको आवश्यकताको पहिचान गरी स्थानीयको चाहनाअनुसारका काम गरेर ५ वर्षमा स्वस्थ र खुसी नागरिक बनाउने वताउनु भएको छ ।
राजनैतिक र पारीवारिक पृष्ठभूमी
भीमेश्वर नगरपालिका वडा नं ५ बुस्तीमा जन्मनु भएकी पार्वती कार्कीले वैत्यश्वर मावि नाम्दुबाट प्राथमिक तहको शिक्षा प्राप्त गर्नु भएको थियो । तत्कालीन समयमा स्वर्गीय पशुपति चौलागाईँ र यज्ञराज ढुङ्गेल मार्फत राजनीतिक चेतना जागरण भएको थियो । थापाले राजनीतिक गुरुको रुपमा यी दुइ पात्रलाई स्मरण गनुहुन्छ । बाल्यकालदेखि नै राजनीतिक चेतनाको विकास भएपछि माध्यमिक तह अध्ययनको समयमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अनेरास्ववियूसंग नजिक रहेर भुमिका निर्वाह गरिरहनु भयो ।
माध्यमिक शिक्षा पछि वि.सं २०४६ सालमा वन विज्ञान अध्ययन संस्थान पोखराबाट आइ एस्सी फरेस्टको अध्ययन पुरा गर्नुभयो । वि.सं २०४६ सालको जनआन्दोलनमा पनि विद्यार्थीको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्नुभयो ।
त्यसपछिका समयमा वि.स. २०५१ सालदेखि ७१ सालसम्म स्वीस सामुदायिक वन परियोजनामा दोलखा रामेछापमा रहेर काम गर्ने अवसर प्राप्त गर्नुभयो । ४ वर्ष केयर नेपालको एकीकृत विकास परियोजना,२ वर्र्ष एन्साफ वायोडाइभरसिटि अन्तरगत उद्यम विकासको क्षेत्रमा,४ वर्ष फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसन संस्थाको कवुलियतीवन मार्फत विपन्नसंग कार्यक्रम अन्तरगत दोलखा,रामेछाप,काब्रे,सिन्धुली जिल्लामा काम गर्नु भयो । यसै गरी केयर नेपालको कार्यक्रम अन्तरगत बाजुरा,वर्दिया र प्युठान जिल्लामा काम गरेको अनुभव कार्कीसंग छ ।
राजनितीसगै आफ्नो अध्ययनलाई समेत निरन्तरता दिँर्दै उहाँले आएससी फरेष्टको अध्ययन पुरा गरी स्नातकसम्मको अध्ययन पूरा समेत गर्नु भएको छ ।
हाल उहाँ जनजाति कल्याण आश्रम आमाको माया छात्रवास रामकोट,दोलखाको कोषाध्यक्षको भूमिकामा रहनु भएको छ भने महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल दोलखाको अध्यक्ष भएर काम गर्नुभएको ।
राजनीतिक रुपमा अनेरास्ववियू प्रारम्भिक कमिटिको सदस्य हुँदै नेकपा एमालेको भगिनी संगठन अनेमसंघको जिल्लासचिवको भूमिका निर्वाह गरिसक्नु भएको छ भने हाल अनेमसंघको वागमती प्रदेश सचिवालय सदस्य र नेकपा एमालेको जिल्ला कमिटि सदस्य भएर काम गरिरहनु भएको छ ।
सामाजिक विकासका क्षेत्रमा लामो अनुभव भएकी पार्वती कार्कीको अनुभव र क्षमतालाई शैलुङ गाउँपालिकको विकासका लागि सदुपयोग गर्न नेकपा एमालेले उपाध्यक्ष पदमा उम्मेदवार बनाएको छ ।
स्वास्थ्यको क्षेत्रमा,विपन्न र पछाडि पारिएको समूदायसम्म पुगेर लामो समय काम गरेको अनुभवकै कारण शैलुङको विकासका लागि महिला स्वास्थ्य पहिलो प्राथमिकतामा राख्ने उद्घोष गर्नु भएको छ । स्वास्थ्य नै पहिलो धन भएकाले महिलाको स्वास्थ्य ंिसङ्गो परिवार र समूदायको स्वास्थ्य भएकोले महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको बताउनु भएको छ ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...