जफेमा उम्मेद्वारको घरनजिकै विष्फोट
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा । तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको धोक्रेबारीमा गएराति प्रेसर कुकरमा विष्फोटक पदार्थ विष्फोट भएको छ ।
घटनाको बारेमा जानकारी पाए लगत्तै सोमबार विहान जिल्ला प्रहरी कार्यालय चरिकोटबाट प्रहरी निरिक्षक निरञ्जन भट्टराईको नेतृत्वमा खटिएको प्रहरीले घटनास्थलमा पुगेर अध्ययन गरेको दोलखाका प्रहरी प्रमुख गंगा पौडेलले जानकारी दिनुभयो । प्रेसर कुकरमा विष्फोटक पदार्थ हालेर विष्फोट गराईएको भएपनि विष्फोट भएको वस्तु भने बम नरहेको प्रहरी प्रमुख पौडेलको भनाई छ ।
घटना कसले गराएको हो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भईरहेको र शंकाको घेरामा रहेका व्यक्तिहरुको बारेमा कुनैपनि प्रमाण भेटिने बित्तिकै पक्राउ गर्ने तयारी प्रहरीको छ ।
राति करिब १२ बजेको समयमा नजिकै कुनै खतरनाक बस्तु विष्फोट भएको आवाज सुनेपछि त्रसित बनेका स्थानीयले आज विहान प्रहरीलाई खबर गरेका थिए । उक्त वडाका अध्यक्ष पदका उम्मेद्वार सन्तोष पोखरेलको घरनजिकै विष्फोट गरिएकोले आफूलाई त्रसित बनाउन विपक्षीहरुले त्यस्तो हर्कत गरेको हुन सक्ने पोखरेलको आशंका छ ।
विष्फोटक पदार्थको सम्बन्धमा नेपाली सेनाको बम डिस्पोजल टोलिले नै अनुसन्धान गरीरहेको पनि प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो ।
वैशाख २६, २०७९
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...