बहुमतका साथ निर्वाचन जित्छु ः गणेश शिवाकोटी
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
निर्वाचन आइसकेको छ । यतिवेला राजनीतिक दलको प्रतिनिधित्व गर्ने उम्मेरदवार,दलका नेता कार्यकर्ता सबै मतदातासंग मत माग्न व्यस्त छन् । गठबन्धनका उम्मेरदवारसंग एक्लो बनेको नेकपा एमालेको तर्फबाट कालिञ्चोक गाउँपालिका अध्यक्ष पदको उम्मेरदवार बनेको गणेश शिवाकोटीलाई निक्कै चुनौति छ । तरपनि आफू बलियो उम्मेरदवार भएकाले लोकप्रिय मतका साथ चुनाव जित्ने दावी गर्नुभएको छ ।
नेकपा एमाले कालिञ्चोक गाउँकमिटिको आयोजनामा वडा नं ३ पोखरेमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेरदवार शिवाकोटीले कालिञ्चोक गाउँबासीको जीवन स्तर उठाउने एक मात्र लक्ष्य भएको बताउँदै गाउँबासी सपना साकार पारेर छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
व्यक्तिगत हिसावले पनि आफू गाउँपालिकाका नागरिकसंग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा परिचित भएकोले लोकप्रिय मतका साथ निर्वाचन जित्ने दावी गर्नु भएको हो । उहाँले भन्नुभयो,“गाउँपालिकाको विकासको सपना म संग छ,मैले सबैको प्रतिनिधित्व गर्न सक्छु भन्ने कुरामा गाउँ बासीले विश्वास गरेका छन् । जनताको ढोकामा पुग्दा निक्कै उत्साहित भएको छु । गाउँपालिकाको विकासको लागि गणेश शिवाकोटी निर्विकल्प उम्मेरदवार हो भन्ने पाएको छु ।”
ग्रामीण समूदायका समस्यासंग भिजेको र किसानको छोरो भएको कारण गाउँको अपेक्षा पूरा गरी आम गाउँबासीलाई खुसी र सुखी राख्न सक्ने ल्याकत आफूसंग मात्र भएको दावी गर्नु भयो । सबै भूगोलका युवा,महिला,पिछडा वर्ग,जेष्ठ नागरिक सबैको मन जितेको छु, तसर्थ सबैको साथ र सहयोगकै कारण लोकप्रिय मतले जित्ने बताउनु भएको छ ।
एकपटक विश्वास गर्नुहोस्, पाँचवर्षको बीचमा मलाई देख्नुहुेछ, मेरो कुनै पूर्वाग्रही हुने छैन । गाउँपालिका बासीलाई निराश हुन दिने छैन्,अध्यक्षका उम्मेदवार शिवाकोटीले भन्नुभयो, ‘ जुन सम्भावना देखेर आएको छु,अझै जिम्मेवार, धैर्यता, अनुशासित र अत्यन्तै गम्भिरतापूर्वक काम गर्ने छु ।’
जनताको जीवनस्तर माथि उठाउन स्थानीय तहसंगै प्रदेश र केन्द्रसम्म सम्बन्ध विस्तार गरेर काम गर्ने समेत उहाँले प्रतिवद्वता जनाउनु भयो ।। ‘गाउँपालिकामा पूर्वाधारको विकाससंगै कृषि, शिक्षा र रोजगारका क्षेत्रमा लगानी गरिने शिवाकोटीले स्पष्ट पार्नुभयो । युवाको पाखुरीको बल,जोश जाँगर र उर्जाशील शक्तिलाई गाउँको विकासमा लगानी गर्ने उहाँले ठोकुवा गर्नुभयो ।
सुशासनलाई उचित ढंगले लागू गर्न आफू प्रतिवद्व रहेको भन्दैे सामुहिक भावनाका आधारमा योजना बनाएर काम गर्ने बताउनु भयो ।
५ वर्षको अवधिमा स्थानीय सरकारले गरेका राम्रा कामलाई आधार बनाउने र कमजोरीलाई सुधार गर्दै जाने समेत उहाँले प्रतिवद्वता जनाउनु भयो ।
शिवाकोटीको निर्वाचित भएर आएपछि जनताको आवश्यकता,चाहना अनि स्रोत र साधनको अधिकतम प्रयोग गरी विकास गर्ने योजना रहेको छ । शिक्षा,स्वास्थ्य,रोजगारी,पर्यटन र कृषिको विकास गरी कालिञ्चोक गाउँपालिकालाई नमूना बनाएर छाड्ने बताउनु भयो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...