दोलखामा ६६ प्रतिशत मतदान
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा,बैशाख ३१
हिजो सम्पन्न स्थानीय तहको चुनावमा दोलखामा ६६ दशमलब ०४ प्रतिशत मतदान भएको छ ।
जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार दुई नगरपालिका र ७ गाउँपालिकामा ६६ दशमलब ०४ प्रतिशत मतदान भएको छ । जिल्लाको विगु गाउँपालिकामा सबै भन्दा बढि ७० दशमलब ७६ प्रतिशत अर्थात कुल मतदाता संख्या १४ हजार चार २३ जना मध्ये १० हजार २ सय ६ जनाले मतदान गरेका छन् । यस्तै सबै भन्दा कम मेलुङ्ग गाउँपालिकामा ५९ दमलब ९८ प्रतिशत मात्रै मतदान भएको जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सकुन्तला राईले जानकारी दिनुभयो । पालिकामा १८ हजार १ सय ५३ जना मतदाता मध्ये १० हजार ८ सय ८९ जना मतदातले मात्रै मतदान गरेका छन् । यस्तै भीमेश्वर नगरपालिकामा ६६ दशमलब ७८ प्रतिशत मतदान भएको छ । नगरमा कुल मतदात २६ हजार ८ सय ३३ जना मध्ये १७ हजार ९ सय १९ जना मतदाताले मात्रै मतदान गरेका छन् । जिरी नगरपालिकामा ६४ दशमलब ४६ प्रतिशतले मतदान गरेका छन् । कुल मतदाता १४ हजार ५८ जना मध्ये ९ हजार ७८ जनाले मतदान गरेका छन् । यस्तै गौरीशंकर गाउँपालिकामा ६३ दशमलब ९७ प्रतिशले मतदान गरेका छन् पालिकामा रहेका कुल मतदाता १५ हजार तिन सय ४१ मध्ये ९ हजार ८ सय १४ जनाले मात्रै मतदान गरेका छन् । कालिञ्चोक गाउँपालिकामा ६९ दशमलब २३ प्रतिशत मतदान भएको छ । कुल मतदाता १८ हजार ६ सय ६१ मध्ये १२ हजार ९ सय १९ जनाले मतदान गरेका हुन् । तामाकोसी गाउँपालिकामा ६४ दशमलब ४६ प्रतिशत मतदान भएको छ । १५ हजार ८ सय ३५ मतदाता मध्ये १० हजार २ सय सात जनाले मात्रै मतदान गरेका हुन् । शैलुङ्ग गाउँपालिकामा ६३ दशमलब ८८ प्रतिशत मतदान भएको छ । पालिकामा १९ हजार ३ सय ३० मतदाता मध्ये १२ हजार तिन सय ४८ जनाले मतदान गरेका छन् । यस्तै बैतेश्वर गाउँपालिकामा ७० दशमलब ७४ प्रतिशत मतदान भएको छ । पालिकामा १७ हजार ४ सय ६२ मतदाता मध्ये १२ हजार तिन सय ५२ जना गरि जिल्लाका १ लाख ६० हजार ९६ जना मतदाता मध्ये १ लाख ५७ हजार ३२ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...