दोलखामा ३० वडाको मत परिणाम सार्वजनिक
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा जिल्लामा ७४ वडामध्ये ३० वडाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन कार्यालय दोलखाले सार्वजनिक गरेको नतिजा अनुसार नेकपा माओवादी केन्द्रका १० जना वडाध्यक्षमा निर्वाचित भएका छन् भने नेपाली काँग्रेसका ९ जना,नेकपा एमालेबाट ८ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेद्वार हरिशरण शिवाकोटी विजयको नजिक पुग्नु भएको छ ।
वडा न ३ को १ हजार मत गणना भईसक्दा शिवाकोटीले ६ सय ९० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार सन्तोष राउतले २ सय ६९ मत प्राप्त गर्नुभएको छ । शिवाकोटी र राउतको मत अन्तर ४ सय २१ रहेको छ ।
अब गणना हुन बाँकी ३ सय ७५ मत सबै राउतले पाएपनि जितका लागि अपुग हुने भएकोले मत गणना सम्पन्न हुनु अगाडि नै शिवाकोटीको विजय सुनिश्चित भएको छ । यो संगै नेपाली काँग्रेसको तर्फबाट ९ जना वडाध्यक्ष निर्वाचित हुनु भएको हो ।
नेकपा माओवादी केन्द्रः–(१०जना)
गौरीशंकर गाउँपालिका –१ प्रकाश खड्का
गौरीशंकर गाउँपालिका –२ रोहित बुढाथोकी
जिरी नगरपालिका –२ ङिमपल्दे शेर्पा
जिरी नगरपालिका– ३खेटबहादुर घिमिरे
बैतेश्वर गाउँपालिका–७ मीन कुमार शिबाकोटि
कालिन्चोक गाउँपालिका–२ बिक्रम पाण्डे
कालिन्चोक गाउँपालिका–३ दलबहादुर तमाङ
विगू गाउँपालिका–२ दिपक ठकुरी
गौरीशंकर गाउँपालिका –३ युगबहादुर बस्नेत (बनकाइला)
बैतेश्वर गाउँपालिका – ५ भुवन घिमिरेनेपाली कांग्रेसः–(९ जना)
बिगु गाउँपालिका –१ मेम बहादुर तमाङ
भिमेश्वर नगरपालिका–१ माधब थामी
जिरी नगरपालिका –१ कर्साङ शेर्पा(आङपासाङ)
जिरी नगरपालिका –५ नर बहादुर जिरेल
शैलुङ गाउँपालिका –१ बिरबहादुर घतानी
तामाकोशी गाउँपालिका –३ रामप्रसाद काफ्ले
बैतेश्वर गाउँपालिका –६ अशोक तमाङ
कालिञ्चोक गाउँपालिका – ४ दिपक खुलाल
भीमेश्वर नगरपालिका – ३ हरिशरण शिवाकोटी
नेकपा एमालेः–(८जना)
कालिन्चोक गाउँपालिका वडा नम्बर –१ पदम बहादुर थामी
तामाकोशी गाउँपालिका –१ वसन्त थापा
बैतेश्वर गाउँपालिका –८ शान्त जिरेल
जिरी नगरपालिका–४ पदेमान जिरेल
मेलुङ गाउँपालिका– १ ईश्वर कोइराला
मेलुङ गाउँपालिका–३ बसन्त लामा
भीमेश्वर नगरपालिका २ स्टालिन श्रेष्ठ
शैलुङ गाउँपालिका–२ तीर्थबहादुर श्रेष्ठ
नेकपा समाजवादी (एस)ः–(२ जना)
मेलुङ गाउँपालिका –२ रामकृष्ण भण्डारी
जिरी नगरपालिका –६ मरिच बहादुर खड्का
स्वतन्त्र उम्मेदवारः–(१जना
तामाकोशि गाउँपालिका–२ ईश्वर कार्की
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...