दोलखाको भीमेश्वरमा गठबन्धनका ईश्वर मानन्धर र नेकपा एमालेकी कमला बस्नेत विजयी
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखा भीमेश्वर नगरपालिकामा नेपाली गठबन्धनका ईश्वर नारायण मानन्धर र नेकपा एमालेकी कमला बस्नेत निर्वाचित हुनु भएको छ । मेयरमा गठबन्धनका ईश्वर मानन्धरले ८ हजार ७ सय २३ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रत्यासी नेकपा एमालेका हरिवंश चौलागाईले ७ हजार ३ सय १ मत ल्याउनु भएको थियो । मानन्धरले १४ सय २२ मत बढी प्राप्त गर्नु भएको छ ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित हुनु भएको छ । उहाँ निवर्तमान उपमेयर समेत हुनुहुन्थ्यो । उहाँले ७ हजार २ सय ६४ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन(नेकपा एकीकृत समाजवादी)की संगिता पाख्रिनले ६ हजार ९ सय २१ मत प्राप्त गर्नु भएको थियो । बस्नेत ३ सय ४३ मतले अगाडि हुनु भएको हो ।
जिल्लाका ९ मध्ये ८ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । दोलखाको भीमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका र वैत्यश्वरमा गठवन्धनको तर्फबाट नेपाली काँग्रेसले प्रमुखमा विजय हासिल गरेको छ । दोलखाको जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा नेकपा एमालेको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ भने गौरीशंङ्गर र शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले प्रमुखमा विजय प्राप्त गरेका छन् । यता तामाकोशी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुखमा जित हासिल गरेको छ ।
जिल्लाको विगु गाउँपालिकामा भने मत गणना कार्य अन्तिम चरणमा पुगेको छ ।
भीमेश्वर नगरपालिकाका निर्वाचित वडाध्यक्षहरु
वडा नं १ माधव थामाी – नेपाली काँग्रेस
वडा नं २ स्टालिन श्रेष्ठ – नेकपा एमाले
वडा ३ हरिशरण शिवाकोटी – नेपाली काँग्रेस
वडा नं ४ तारानाथ चौलागाईँ – नेपाली काँग्रेस
वडा नं ५ बासु श्रेष्ठ नेकपा – एमाले
वडा नं ६ नविन लामा – नेकपा एमाले
वडा नं ७ विनोद तमाङ – नेकपा एमाले
वडा नं ८ काजी बुढाथोकी – नेपाली काँग्रेस
वडा नं ९ हिमाल श्रेष्ठ – नेकपा एमाले
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...