भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

जेष्ठ नागरिकलाई हर्लिक्स वितरण गर्दै वडाध्यक्ष शान्त जिरेलको पदभार ग्रहण

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

जेठ १३
वैतेश्वर गाउँपालिका वडा नम्वर ८ क्षत्रपाको वडा अध्यक्षमा निर्वाचित शान्त बहादुर जिरेलले आज अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ ।
वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित शान्त जिरेलले जेष्ठ नागरिकहरुलाई हर्लिक्स वितरण गर्दै पदभार ग्रहण गर्नुभएको हो । वडा कार्यलयमा आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै अध्यक्ष जिरेलले क्षत्रपा वासी नागरिकहरुका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा सहज रुपमा लिन सकिने व्यवस्था गरिनुका साथै कुनै पक्षपात नगरी क्षत्रपा वासीहरुको हितमा आफूले काम गर्ने बताउनुभयो । सवैको साथ सहयोग र सहकार्यमा मात्र क्षत्रपाको विकास सम्भव रहेकोले सवै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
वडा कार्यालयमा आयोजित एक कार्यक्रममा क्षत्रपाका पुर्व अध्यक्ष रमेश अधिकारी सहित सदस्यहरुलाई विदाई गरिएको छ । वडा कार्यालयमा पाँच वर्षमा गरेका योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरी पुर्व अध्यक्ष र सदस्यहरुलाई विदाई गरिएको हो ।

पदभार ग्रहणको अवसरमा वैतेश्वर गाउँपालिका वडा नम्वर ८ क्षत्रपाका जेष्ठ नागरिकहरुलाई पौष्टिक आहार हर्लिक्स वितरण गरिएको छ ।
गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा वैतेश्वर ८ क्षत्रपामा नेकपा माओवादी र नेपाली काङग्रेसलाई पराजित गर्दै ५४० मत सहित नेकपा एमालेको तर्फबाट शान्त जिरेल वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.