दोलखाको फिल्म सिटीको लागी बजेट विनियोजन
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातानेपाल सरकारले प्राथमिकतामा राखेको दोलखाको फिल्म सिटी निर्माणको लागी यो वर्षको बजेटमा पनि निरन्तरता दिइएपछि स्थानीय बासी फिल्म सिटी दोलखामा नै बन्नेमा आशावादी बनेका छन ।
दोलखामा फिल्म सिटी र काभ्रेमा इन्डोर स्टुडियो निर्माण गरिने आइतबार आगामी आर्थिक वर्षका लागी बजेट सार्वजनिक गदै अर्थमन्त्री जर्नादन शर्माले जानकारी दिनुभएको हो ।
यसअघिको सरकारले १२ करोड ४५ लाख खर्च गरेर २ लेनको सडक, फुट ट्रेल, नाला सहितको पुर्वाधार निर्माण गरिसकेको छ भने बाग्मती प्रदेश सरकारले यो वर्ष ३ करोड ५० लाख रकम विनियोजन गरी काम गरिरहेको छ ।
निजी –सार्वजनिक साझेदारीमा फिल्म सिटी निर्माण हुने बजेटमा उल्लेख गरेको छ ।
फिल्म सिटी दोलखामा नै बनाउन सरकारले पहल गरेकोमा स्थानीय बासी खुसी हुनुको साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेमा स्थानीयबासी आशावादी बनेका छन ।
भिमेश्वर नगरपालिका वडा नम्बर ९ डाङडुङेडाडामा रहेको फिल्म सिटीका लागी भिमेश्वर नगरपालिकाले ठेक्का मार्फत तालिम हल, सुचना गृह, प्रशासनिक भवन, गेट र गेष्ट हाउस निर्माणको काम गरिरहेको छ ।
७० अर्ब भन्दा माथीको लगानी लाग्ने भएकाले प्रदेश सरकार र संघीय सरकारले यसलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्न स्थानीय सरकार प्रमुखहरुले माग गदै आएका थिए ।
३ हजार ४ सय मिटरको उचाइमा रहेको फिल्म सिटीबाट जुगल हिमश्रृङखला र रोल्वालिङ हिमश्रृङखलाको अवलोकन गर्न सकिने स्थानीयको भनाई छ ।
१ करोडको लागतमा पानी र बिजुलीको समेत व्यवस्था भइसकेको फिल्म सिटीका परिकल्पनाकार एवम अभियन्ता मदनदास श्रेष्ठले बताउनुभयो ।
नेपाल सरकारले प्राथमिकतामा राखेको नेपालकै पहिलो र एकमात्र प्रस्तावित फिल्म सिटीको विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार भइसकेको छ ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...