बस्नेत एकेडेमिकमा नमुना मतदान
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई मतदानको प्रक्रियाका विषयमा जानकारी दिन बस्नेत एकेडेमिक ईङ्गलिस बोर्डिङ स्कूलमा नमुना मतदान सम्पन्न भएको छ । कालिञ्चोक गाउँपालिका ३ सिंगटीमा रहेको उक्त विद्यालयमा विद्यार्थीलाई मतदान गर्न सिकाउनुका साथै स्कुल पेसिडेन्ट छनौट गर्ने उद्देश्यले निर्वाचनको आयोजना गरेको स्कुलका सञ्चालक बसन्त बस्नेतले जानकारी दिनु भयो ।
निर्वाचनबाट विद्यालयका कक्षा ३ देखि ८ सम्मका १ सय ५० जना विद्यार्थीले मतदान गरी प्रेसिडेन्ट र सहायक प्रेसिडेन्ट छानेका थिए ।
निर्वाचनबाट कक्षा ८ का युकेस कार्की प्रेसिडेन्ट र छात्रा महिमा श्रेष्ठ भाइस प्रेसिडेन्ट एक वर्षको लागि छनोट भएका छन् । यसैबीच सदन प्रमुख पनि एक वर्षका लागि छनोट भएका छन् ।
विद्यार्थीहरुले चुनावी प्रक्रिया, उम्मेदवार छनौट प्रक्रिया,उम्मेदार मनोनयन,दावी विरोध, मतपत्र र मतदान प्रक्रियाद्वारा स्वस्तिक छाप हाल्ने प्रजातान्त्रिक शैलीको ज्ञान समेत पाएको विद्यालयले जनाएको छ ।
विद्यालयका सीसीए संयोजक कृष्ण धामी र पाल्देन तामाङले निर्वाचन कार्यक््रmमको संयोजन गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजु शर्माले किताबी ज्ञानले मात्र शिक्षा सार्थक नहुने तथा व्यावहारिक र प्रयोगात्मक ज्ञानबाट मात्र शिक्षा प्राप्त हुने बताउँदै विजय विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गर्नु भएको थियो ।
विगत २९ वर्षदेखि दोलखाको उत्तरी बजार सिंगटीबाट शैक्षिक सेवा प्रदान गर्दै आएको बस्नेत एकेडेमीको आपनै सुविधा सम्पन्न भवन निजी भवन रहेको छ भने व्यवस्थित छात्रवासको व्यवस्था समेत भएको जनाएको छ । विद्यालयले वस सेवा समेत सञ्चालन गरेको छ ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...