भर्खरै प्रकाशित: कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ……….

मातापिता कष्टले मरे,हामीलाई स्वर्ग छ …………..

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

कालिञ्चोक गाउँपालिका ८ सुनखानीका ८८ वर्षीय खड्ग प्रसाद शिवाकोटी जेष्ठ नागरिक भत्ताको शुरुवात गर्ने स्वर्गीय मनमोहन अधिकारीलाई सम्मान स्वरुप मातापिताको तिथिमा तर्पण दिने गर्नुहुन्छ । उहाँले भन्नुभयो,“हाम्रा मातापिता सारै दुःखले मरे । हामीलाई त स्वर्ग बनाइदिनुभयो मनमोहन अधिकारीले । यसैकारण मातापिताको श्राद्धमा स्वर्गीय मनमोहन अधिकारीलाई पनि तर्पण दिने गरेको छु । हामी दुबै दम्पत्ती भत्ता पाउँछौ । एकजनाको भत्ताले औषधी खान्छौ । बाँकी व्यवहार चलाउँछौ । हामीलाई त स्वर्ग पो भएको छ ।”

भीमेश्वर नगरपालिका वडा नं ८ का जेष्ठ नागरिक गंगाधर रेग्मी का अनुसार आजका जेष्ठ नागरिक सम्मानपूर्वक बाच्न पाएका छन् सामाजिक सुरक्षा भत्ताकै कारण परिवारबाट जेष्ठ नागरिकले माया पाएको उहाँले बताउनु भयो । आफ्नो मन लागेको ठाउँमा खर्च गर्न पाउने भन्दै जेष्ठ नागरिकले खुसी व्यक्त गरेका हुन् ।

वैत्यश्वरकी ८० पार गरिसक्नु भएकी इश्वरी कुमारी भण्डारी सरकारको भत्ताको कुरा गर्दै सरकारलाई आशिर्वाद दिनुहुन्छ । सरकारले वर्षेनी सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्दै गएपछि जेष्ठ नागरिकको ओठमा मुस्कान बढ्दै गएको छ । कालिञ्चोक ८ सुनखानीकी ९८ वर्षीया शुकलक्ष्मी दर्जीलाई अझै धेरै बाँच्ने रहर छ । पहिले १ सय रुपैंयाबाट सुरु गरिएको समाजिक सुरक्षा भत्ता अहिले आएर ४ हजार पुग्दा आफूलाई मन लागेको ठाँउमा खर्च गर्ने, चाहेको कुरा किनेर खान पाइने भएको भन्दै सरकारको जयहोस् भन्नुहुन्छ ।

ज्येष्ठ नागरिकलाई सम्मान र संरक्षण गर्नुपर्छ भनेर भत्ता दियो सरकारले ,सुरक्षाको प्रत्याभूति दिएको झुलेका ८४ वर्षीया प्रेम बहादुर कार्कीको भनाइ छ । कति जेष्ठ नागरिक त भत्ताकै कारण पनि थप समय बाँचेका छन् । ठट्यौली पारामा उहाँले थप्नुभयो “काम गर्न नसक्ने उमेर निक्कै अपहेलित अबस्थामा हुन्थे । कतिपयले त कहिले मर्ला पनि भन्थे । अब त धेरै बाँचे हुन्थ्यो जस्तो पो गर्छन ।”


वृद्व अवस्थामा रहेका ज्येष्ठ नागरिकले घरको काम गर्न नसक्ने भएको अवस्थामा सरकारले प्रदान गरेको भत्ताले कम्तिमा एक गास खान र लाउन पुग्छ । भीमेश्वर नगरपालिका ४ जिलुकी जेष्ठ नागरिक गोमा केसी भन्नुहुन्छ “तिथि,श्राद्ध,औसी,पूर्णे,चाडपर्व सबै कामका लागि यही भत्ताले पु¥याउने गरेकी छु । आफूलाई लाउन खान समेत सहयोग पुगेको छ । ”

शैलुङ गाउँपालिका ८ की कल्याणी थपलिया आफूले पाएको भत्ता समाजसेवाम खर्च गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ “ खान लाउन खेती कमाइबाटै पुग्छ । भत्ताको रकम नुन तेल खाएर पनि वच्छ । त्यही बाँकी रकम समाजसेवामा खर्च गर्ने गरेको छु ।”


कालिञ्चोक ८ सुनखानीकी तारादेवी शिवाकोटीलाई सरकारले दिएको भत्ता बचाएर “इन्द्रेणी कार्यक्रमलाई” सहयोग गर्न मन छ । छिटै जन्मिएकोमा तारादेवीलाई पछुतो छ । उहाँ भन्न्ुाहुन्छ “अझै के के देख्न र भोग्न पाइने रहेछ । सरकारले गरेका काम मध्ये जेष्ठ नागरिकलाई गरेको सम्मान सबैभन्दा ठूलो पुण्य हो ,सरकारलाई धन्यवाद छ । पहिलाको समय सारै अन्धकार थियो । फुटेको पैसा छुन नपाई बाउबाजे गए । हामी त कति भाग्य मानी रहेछौ ।”

चौरासी पूजा होस् या अन्य धार्मिक कार्य जीवनको उत्तरार्धमा रहरको विषय भएका जेष्ठ नागरिकलाई यी कार्यका लागि सामाजिक सुरक्षा भत्ता कोषेढुगा सावित भएको छ । कतिपय जेष्ठनागरिकको अवस्थालाई हेर्ने हो भने सामाजिक सुरक्षा भत्ता आफूले सदुपयोग गर्न नपाएको गुनासो छ । अध्ययन गरिएका अधिकाशं जेष्ठ नागरिकले भत्ताले खुसी थपेको,बाच्ने सहारा बनेको,इच्छाइको काम गर्न पाएको,औषधि खान सहज भएको,धार्मिक,साँस्कृतिक कार्य गर्न सहयोग पुगेको बताएपनि केही जेष्ठजनले अझैपनि आफूखुसी भत्ता प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।

जेष्ठ उमेर शारीरिक,मानसिक र आर्थिक रुपमा कमजोर भएको अवस्था हो । यो समय अरुसंग सहारा लिनु पर्ने बाध्यता हुन्छ । क्रियाशील समय सकाएर औषधि र अन्य सदस्यको भरमा इच्छा र चाहना सुम्पनु पर्ने अवस्था रहेको हुन्छ । यो प्रकृतिको पीडामा रहेका जेष्ठनागरिकको पीडालाई कम गर्न र उनीहरुमा आशा भरिदिन राज्यले सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । सामाजिक सुरक्षा भत्ता बृद्ध उमेरमा बलियो जिउने सहारा हो । भत्ता पाएपछि परिवारबाट सम्मान,माया,उत्साह खुसी थपिएको छ ।


ढल्कँदो उमेरका जेष्ठ नागरिकहरु घरका सदस्यबाट नराम्रो व्यवहार पाइरहेका बेला सरकारले मासिक रुपमा पाउँदै आएको बृद्धभत्ता बढाएपछि दैनिक गुजारा चलाउन सहज भएको जेष्ठ नागरिक जीत बहादुर शिवाकोटीको भनाइ छ । । राज्यबाट थप सम्मानित भएको बताउदै उहाँले बुढेस कालमा मलम लगाउने कार्य सरकारले गरेको बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ताका कारण जेष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएको छ । सामाजिक सुरक्षा भत्ताकै कारण परिवारबाट जेष्ठ नागरिकले माया पाएको जेष्ठ नागरिकले बताउने गरेका छन् ।

 

कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

मंसिर १४ कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । दोलखाको...

कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

  मंसिर १४ कुटीडाँडामा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।...

जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन
समदृष्टि अनलाइन संवाददाता

  जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री ...

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता

  १३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...

केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाता

  आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...

भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु
समदृष्टि अनलाइन संवाददाता

    दोलखाको सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद सकिएका खाद्यन्न तथा पेय पदार्थहरु विक्री वितरण भई रहेको पाईएको छ...

.