भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

पैरवी सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

चरिकोट, २५ जेठ

जिल्लामा पैरवीको क्षेत्रमा काम गर्दै आएका नागरिक समाज संस्थाहरुको लागि पैरवी सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रम बुधबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।

हुराडेक नेपाल दोलखाले लुथरन वल्र्ड फेडेरेसनसँगको सहकार्यमा सञ्चालन गर्दै आईरहेको सामुदायिक सशक्तीकरण र विकासका लागि स्थानीय पहल परियोजनाले आयोजना गरेको कार्यक्रममा सामाजिक अभियन्ता तथा कप्सनका पुर्व अध्यक्ष भोला खतिवडाले नागरिक समाजका संस्था मार्फत हुने पैरवीका अभियानका बारेमा सहभागीहरुलाई जानकारी दिनु भएको थियो ।

सो अवसरमा खतिवडाले पैरवी के, किन र कसरी भन्ने वारेमा सहभागीहरुलाई जानकारी दिनु हुँदै पैरवी मार्फत नीति निर्माण, नीतिहरुको समिक्षा र नीति कार्यन्वयन गराउन सकिने बताउँनु भयो । यसै गरी कार्यक्रममा खतिवडाले पैरवीको सवाल पहिचान, सवाल छनोट प्रक्रियाको बारेमा पनि जानकारी दिनु भएको थियो । यसै गरी कार्यक्रममा पैरवी कार्यका लागि नीति नियमको विष्लेषण र लक्षित वर्गको पहिचानको बारेमा पनि सहभागीहरुलाई जानकारी गराईएको थियो ।

कार्यक्रममा हुराडेक नेपाल दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेलले हुराडेक नेपाल दोलखाले विभिन्न सवालमा पैरवी अभियान सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । कार्यक्रममा दोलखामा जिल्लामा क्रियाशील नागरिक समाज संस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.