दोलखाको वेदिङमा पहिलो पटक विजुली पुग्यो
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता२५ जेठ, २०७९
दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ उपत्यकामा पर्ने बेदिङ लगायत विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ ।
गौरीशंकर–९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती जडान गरिएका थिए । गौरीशंकर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा गौरीशंकरको च्छोरोल्पा हिमतालको बेस क्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतको क्षेत्रहरुमा विद्युतलाई विस्तार गरिएको हो ।
जिल्लाकै उत्तरी क्षेत्र र हिमाली उच्च क्षेत्र भएका कारण तथा यातायातको सुविधा नभएपश्चात् प्रसारण लाइन जडानका लागि निकै चुनौती रहेको र लामो समयदेखि निरन्तर कार्य जारी रहेपश्चात् गाउँमा बिजुली पुगेको जनाइएको छ । अहिले सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् ।
गौरीशंकर–९ स्थित सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतका बस्तीहरुमा राष्ट्रिय केन्द्रीय प्रसारण लाइनको बिजुली बल्न सुरु भएपछि च्छोरोल्पा जाने पर्यटकहरुका लागि सबैभन्दा बढी सहज भएको छ ।
एक हप्तासम्मको यात्रामा च्छोरोल्पा जाने पर्यटकलाई मोबाइल, टर्च र क्यामेराको ब्याट्री लगायतका विद्युतीय उपकरणहरु चार्जका लागि बिजुली चाहिने भए तापनि विद्युत् नहुँदा समस्या हुँदै आएकोमा अब उक्त समस्याको समाधान भएको छ ।
गौरीशंकर गाउँपालिका–९ का ठाङ्दिङ, उतिसे र केताङ्गमा अझै विद्युतीकरणको कार्य बाँकी रहेको छ ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...