भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

जिसस दोलखाको निर्वाचनका लागि १९ जनाको उम्मेरदवारी

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

चरिकोट – जिल्ला समन्वय समिति दोलखाको पदाधिकारी तथा सदस्यका लागि हुने निर्वाचनमा १९ जनाको उम्मेदवारी परेको छ । प्रमुख एक, उपप्रमुख एक,  र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य पदका लागि १९ जनाले मनोनयन दर्ता गराएका हुन् । दोलखाका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेका अनुसार प्रमुखमा दुई, उप प्रमुखमा एक जना स्वतन्त्रसहित ३ जनाको उम्मेदवारी परेको छ ।

उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा तामाकोसी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य नानीकाजी तामाङ रहेका छन् । कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्रबाट वडा सदस्य जितेका थिए । यस्तै ७ जना सदस्यका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन् ।

सदरमुकाम चरिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी सत्तारुढ गठबन्धन दलहरुले संयुक्त र नेकपा एमालेले एकल उम्मेदवारी दर्ता गराएको हो ।  गठबन्धन दलहरुबीच पुर्व समझदारी अनुसार जिससको प्रमुखमा माओवादी केन्द्रबाट बर्जुराम घतानी (कृष्ण) उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जे शेर्पा र ७ जना सदस्यहरुमा कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका सदस्यमा उम्मेदवारी दिनेमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पा रहेका छन् ।  स्थानीय तहको निर्वाचनमा जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकामा माओवादी केन्द्रले धोका दिएको भन्दै प्रमुख आफुले पाउनुपर्ने दाबी गरेपनि उक्त अडानबाट कांग्रेस पछि हटेपछि पुर्व सहमति अनुसार मनोनयन दर्ता गरिएको हो ।

यसैबीच नेकपा एमालेले जिसस पदाधिकारी तथा सदस्य पदका लागि एकल मनोनयन दर्ता गराएको छ । एमालेबाट प्रमुखमा ऋषिकेश उप्रेती र उपप्रमुखमा गोमा केसीले  मनोनयन दर्ता गराएका छन् । यसैगरी सदस्यहरुमा जिरीबाट जंके बहादुर श्रेष्ठ, तामाकोसीबाट नरबहादर कार्की, मेलुङबाट कमल लकेन्द्री, शैलुङबाट नवराज कार्की, महिला तथा सिमान्तकृतबाट देवी बसेल, महिला सदस्य कविता मुग्राती र एकमाया भुजेलले उम्मेदवारी दिएका छन् ।

जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले एमालेले आफ्नै शक्तिमा विस्वास गर्ने भएकाले एकल उम्मेदवारी दर्ता गराएको  बताए ।

जिसस पदाधिकारी तथा सदस्यहरुको लागि मतदान भने आगामी असार १ गते हुनेछ । निर्वाचन कार्यालयले भोली उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ भने पर्सी निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।

निर्वाचनमा जिल्लास्थित ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १८ जनाले मतदान गर्न पाउनेछन् । जसमा नेकपा एमालेको ७, नेपाली कांग्रेसको ६, नेकपा माओवादी केन्द्रको ४ र नेकपा एसको १ मत रहेको छ ।

कतिपय जिल्ला समन्वय समितिमा फरक समिकरण बनेपनि दोलखामा सत्तारुढ गठबन्धन दलहरुले पुर्व सहमति कार्यान्वयन गरेर जाने समझदारी गरेका हुन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

 

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.