बर्जुराम घतानीको नेनृत्वमा जि.स.स दोलखा गठन
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा ।
जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनका उम्मेद्वार बर्जुराम घतानी निर्वाचित हुनु भएको छ ।
बुधबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेद्वारहरुलाई ४ मतले पछि पार्दै नेकपा माओवादी केन्द्रका घतानीको नेतृत्वमा रहेको गठबन्धनको प्यानल नै निर्वाचित भएको हो । प्रमुखमा घतानीले ११ मत पाप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ऋषिकेशव उप्रेतिले ७ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
त्यसैगरी उपप्रमुखमा पनि गठबन्धनका उम्मेद्वार नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा विजयी हुनु भएको छ । सदस्यहरुमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका महिला सदस्यहरु मेलुङ गाउँपालिकाकी चन्द्रकला ठकुरी, कालिञ्चोक गाउँपालिकाकी कल्पना थामी र भीमेश्वर नगरपालिकाकी मेनुका चौलागाँई निर्वाचित हुनुभएको छ । दलित तथा अल्पसंख्यक सदस्य जिरी नगरपालिकाका मनफिन्जु शेर्पा, खुल्ला सदस्यमा बैतेश्वर गाउँपालिकाका अनिलकुमार तामाङ, शैलुङ गाउँपालिकाका कृष्ण बहादुर श्रेष्ठ र विगु गाउँपालिकाका टसी शेर्पा विजयी हुनुभएको छ ।
जिससको निर्वाचनमा जिल्लाका ९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख गरी १८ जना मतदाताले मतदान गरेका थिए ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...