दोलखाको आयुर्वेद स्वास्थ्य केन्द्रको फार्मेसी सञ्चालनको लागि जग्गा अभाव
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जिल्लाकै आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले फार्मेसी सञ्चालन गर्ने योजना बनाएपनि जग्गा नहुदा अलपत्र बनेको छ ।
बाग्मती प्रदेश सरकारले फार्मेसीको भवन निर्माणको लागी बजेट पठाएपनि जग्गा प्राप्ती नहुदा समस्या भएको हो ।
स्थानीय सरकार भिमेश्वर नगरपालिकासंग पटक÷पटक छलफल भएपनि कतैबाट जग्गा नमिलेपछि फार्मेसी निर्माणको काम अलपत्र बनेको आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका कविराज निरीक्षक हरिनारायण महतोले बताउनुभयो ।
जग्गा प्राप्तीको लागी छलफलको काम भइरहेको र जग्गा प्राप्ती भएमा असार मसान्तसम्ममा काम सक्ने कविराज महतोको भनाई छ ।
फार्मेसी निर्माणको लागी २५ लाख बजेटमा १० लाखले संरचना निर्माण गर्ने, ७ लाखले औषधी खरिद गर्ने र बाकी रकमले व्यवस्थापनको काम गर्ने योजना रहेको कविराज महतोले बताउनुभयो
सरकारले जग्गा खरिद नगर्ने र स्थानीय स्तरमा नै अनुदान लिनुपर्ने भएकाले समस्या भएको हो ।
जग्गा प्राप्तीको लागी स्थानीय सरकार सहित अन्य निकायसंग पनि छलफल भइरहेको कार्यलयले जनाएको छ ।
त्यस्तै कार्यलयमा दरबन्दी अनुसारको कर्मचारी नहुदा सेवा प्रवाहमा समेत समस्या भएको छ ।
दरबन्दी अनुसारको १० जना कर्मचारी मध्ये १ जना कविराज र १ जना वैद्य नहुदा कार्यलयले दिने सेवा प्रवाहमा समेत समस्या हुदै आएको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...