भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

उज्यालो भविष्य संस्थाको साधारण सभा – पत्रकार दिपक बस्नेतसहित ३ जना पुरस्कृत

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

४ असार २०७९
उज्यालो भविष्य संस्था दोलखाको चौथो वार्षिक साधारण सभाको अवसरमा पत्रकार दिपक बस्नेत पुरस्कृत हुनु भएको छ । कालिञ्चोक सन्देश साप्ताहिकका सम्पादक एवं सामुदायिक रेडियो प्रशारक संघ जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष समेत रहनु भएका बस्नेत नागरिक सचेतता पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत हुनु भएको हो ।
कार्यक्रममा समाजसेवा नायक पुरस्कार २०७९ बाट भीमेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी र उत्कृष्ट स्वास्थ्यकर्मी पत्रकारिता पुरस्कारबाट स्वास्थ्यकर्मी डाक्टर देवेन्द्र गौतम पुरस्कृत हुनु भएको संस्थाले जनाएको छ ।
भीमेश्वर नगरपालिका नगरप्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौरीशंकर बालगृहका बालबालिकाहरुलाइ खेलकुदका सामग्री वितरणसंगै जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको संस्थाका अध्यक्ष राजन बस्नेतले बताउनु भयो ।

साधारण सभाले पुनःराजन बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण कुमार जोशी,उपाध्यक्ष लक्ष्मी थापा,महासचिव निर्जला आर्चाय,सचिव सुजना श्रेष्ठ र कोषाध्यक्षमा सकुन बस्नेत चयन हुनु भएको छ । सदस्यहरुमा भरत श्रेष्ठ,शुशिला श्रेष्ठ,ईश्वर वि.क,शैलु क्षेत्री,अविता बस्नेत र प्रकाश बस्नेत चयन हुनु भएको छ ।

कार्यक्रममा नगर प्रमुख ईश्वर नारायण मानन्धर, प्रेस काउन्सिल नेपाल सदस्य चिरञ्जीवी मास्के , नेपाल पत्रकार महासंघ दोलखा शाखा अध्यक्ष दीपशङ्कर चौलागाईं , नेपाल प्रहरी दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देल , नेपाल रेड्क्रस सोसाइटी दोलखा शाखा अध्यक्ष गोकर्ण प्रसाद पोखरेल , नागरिक अधिकारकर्मी कृष्ण बहादुर बस्नेत,उद्योग वाणिज्य संघ दोलखाका कोषाध्यक्ष अनिता श्रेष्ठ , नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष जीवन लामा, नेपाल बाल संगठनका अध्यक्ष राम प्रसाद सापकोटा ,राष्ट्रिय युवा परिषद दोलखाका अध्यक्ष भरत रोहन श्रेष्ठ ,अधिवक्ता सुब्बा श्रेष्ठ ,अधिकारकर्मी सिर्जना कार्की ,स्थानीय रेडियोका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

 

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.