भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

बुढाभीमसेनका बालबालिकालाई शैक्षिक परिवर्तन प्रतिष्ठानको सहयोग ।

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

२०७९ असार ८

                             शैक्षिक परिवर्तन प्रतिष्ठान काठमाण्डौंले बुढा भीमसेनका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका ५ मा रहेको बुढाभीमसेन माध्यमिक विद्यालय धरमघरका बालबालिकालाई ६० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरेको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन थापाको अध्यक्षतामा सम्पन्न सामग्री वितरण कार्यक्रममा बालकक्षा देखि १० कक्षासम्म अध्ययनरत करिब १ सय ३५ जना बालबालिकालाई १ दर्जनका दरले कापी र पेन्सिल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राजन कार्कीले बताउनु भयो ।

कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्य बालकृष्ण कुँवर,बुढाभीमसेन माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मी खड्का,विद्यालयका प्रधानाध्यापक राजन काकीले विद्यालयका बालबालिकाको शैक्षिक विकासका लागि प्रतिष्ठानले गरेको सहयोगको उच्च सम्मान गर्दै मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।

दोलखा भीमेश्वर नगरपालिका वडा नं ५ का स्थायी बासिन्दा,शिक्षाप्रेमी एवं शैक्षिक परिवर्तन प्रतिष्ठान काठमाण्डौंका सचिवको भूमिकामा समेत रहनु भएका बाबुकाजी कार्कीको पहलमा शैक्षिक सामग्री प्राप्त भएको विद्यालयले जनाएको छ ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,अभिभावक,शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.