भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

पुर्खाको अर्ती – आमा जान्दिनन् कहिल्यै नभन्नू !!!

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

आमा,बुबा गुरुलाई मान गर्नु भन्दै विद्यार्थीलाई पूर्खाले अर्ती दिए । भीमेश्वर नगरपालिकाको आयोजनामा द राइजिङ स्टार स्कुल चरिकोटमा आयोजित अर्ती पुर्खाको कार्यक्रममा बोल्दै जेष्ठ नागरिकले विद्यार्थीलाई उपदेश दिने क्रममा आमा जान्दिनन् कहिल्यै नभन्नु भने ।
दोलखा शैलुङकी कल्याणी थपलियाको ८ वर्षमा विहे भयो । वि.सं २००७ सालको क्रान्तिको समयमा उहाँ ५ वर्षकी हुनुहुन्थ्यो । राणा पक्ष भएका कारण उहाँका पिता कालुमा उप्रेती (ठालु)लाई तत्कालीन काँग्रेसले गाउँबाट लखेट्यो । २ महिनाको भाइ च्यापेर आमा र बुबा लगायत बढेका दाजुहरु जंगलै जंगल कालिञ्चोकको जंगलमा पुगे । चिसो ओढारमा मागको चिसोमा सुत्केरी आमाले निक्कै सास्ती वेहोर्नु परेको थियो ।
करिब सात महिना जंगलको बास पछि बा आमा घर त फर्किए तर सयाँैको ज्यान मुद्दा लाग्यो कालुमान ठालुलाई (ठालु तत्कालीन राणाले दिएको पदवी) । वि.ंसं २०१२ सालमा राजा महेन्द्रको सवारी भएको समयमा पवटीको दोवाटे पाटीमा मुद्दा फुकुवा भयो । यो अवधि १८ सन्ताका पिता कालुमान ठालुलाई सन्तान व्यवस्थापनमा निक्कै कठिन भयो । त्यही बीचमा ८ वर्ष पुगेकी कल्याणीसहित अन्य तीन छोरीको एकै लगन विहे भयो । ८ वर्षको उमेरमा पराइ घरको कुचो,पोतो,जाँतो,ढिकीसंग संघर्ष गर्दै जीवन अगाडि बढ्यो । २६ वर्षको कलिलो उमेरमा एकल महिला बन्नु भएकी थपलियाले २ नावालक सन्तानको एक्लै जिम्मेवारी निर्वाह गर्नुभयो । बाल्यकालमा पढ्न नपाएपनि राजनीति र शिक्षामा निक्कै रुचि राख्नुहुने जेष्ठनागरिकलाई जीवनमा शिक्षा महत्वपुर्ण लाग्छ ।
यो अनुभव रेडियो शैलुङले सहजीकरण गरेको अर्ती पूर्खाको कार्यक्रममा व्यक्त गरिएको थियो । यो अनुभव द राइजिङ स्टार बोर्डिङ स्कुलमा बालबालिकाले निक्कै रुचि र चासोका साथ श्रवण गरे । ७६ वर्षीया कल्याणी थपलियाले जीवनमा शिक्षाको महत्व धेरै भएकोले मेहनत गरेर राम्रो शिक्षा लिन बालबालिकालाई अनुरोध गर्नुभयो । आपनो समयमा आफूले पढ्न नपाएको स्मरण गर्दै अवसर पाउनेले समयलाई सदुपयोग गर्न सम्झाउनु भयो । जीवनमा जति समस्या परेपनि स्वाभीमानमा बाँचेको संघर्ष सुनाउँदै स्वाभीमान र इमानको ज्ञान हासिल गर्न उपदेश दिनुभयो ।


कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीका ८६ वर्षीया पिताम्बर सेढाईँले जन्मदिने मातापिता र गुरुको मान्यता गर्न सम्झाउँदै अनुशासित र आज्ञाकारी बन्नु पर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘ विहान सबैरै उठ्नु । आमालाई जान्दिनन् कहिल्यै नभन्नु । जीवनमा सानातिना दुःखबाट कहिल्यै नआत्तिनु ।”
ज्योतिषको नामले चिनिनुहुने जेष्ठ नागरिक सेढाईँले ज्योतिष विद्याको महत्व र विज्ञानको सम्बन्धका विषयमा पनि विद्यार्थीलाई जानकारी दिनुभयो ।
आपनो समयमा प्र्रयोग हुने पानी घडी अनि पाटीमा पढेको भरमा ज्योतिष विद्या हासिल गर्न सफल भएको कुरा बालबालिकालाई सुनाउनुभयो

कार्यक्रममा स्रोत व्यक्तिको रुपमा रहनु भएका अर्का ८१ वर्षीय जेष्ठ नागरिक रामदास श्रेष्ठले विगतको स्वास्थ्य सेवाको पद्धति र वर्तमानको स्वास्थ्य पद्धतिको विषयमा अनुभव सुनाउनु भयो ।
वि.सं २०२४ सालबाट सिनियर अहेबको जागिर खानुभएका जेष्ठजन श्रेष्ठले स्वास्थ्य क्षेत्रको अनुभव सुनाउँदै भन्नुभयो“त्यो समय औषधी नपाएर धेरै नागरिकको ज्यान जान्थ्यो । अहिलेको जस्तो रोग पत्ता लगाउने स्वास्थ्य सामग्री थिएन । अनुमानको भरमा चेकजाँच गरिन्थ्यो तर पनि ७५ प्रतिशत रोग निको हुन्थ्यो । साधारण औषधीले पनि काम गथ्र्यो ।”


कार्यक्रममा बोल्दै समाजसेवी जेष्ठ नागरिक ऋषी प्रसाद न्यौपानेले नैतिवान हुन बालबालिकालाई अनुरोध गर्नुभयो । राजनीतिले नैतिक शिक्षालाई छायाँमा पारेको भन्दै नैतिकतालाई जीवनको हतियार बनाएर अगाडि जान सुझाव दिनुभयो । आफूलाई शिक्षा दिने गुरु र मातापिता अनि अभिभावकले देखाएको बाटो नहिड्ने व्यक्तिले प्रगति गर्न सक्दैन भन्दै आफूलाई शिक्षा दिने गुरुलाई जीवनभर सम्मान गर्न नभुल्न बालबालिकाको ध्यान केन्द्रित गर्नुभयो ।
कार्यक्रममा जिल्ला जेष्ठ नागरिक संघका अध्यक्ष समेत हुनुभएका जिल्ला जेष्ष्ठ नागरिक संघका अध्यक्ष रङ्गध्वज बुढाथोकीले घरमा भएका जेष्ठ नागरिकको भावना बुझेर व्यवहार गर्न बालबालिकालाई अनुरोध गर्नुभयो । बालबालिकालाई शिक्षा मार्फत जीवनउपयोगी सीपको विकास गर्न र सत्कर्मलाई जीवनको लक्ष्य बनाउन भन्दै आपना जीवनका यात्रा सुनाउनु भएको थियोे ।

भीमेश्वर नगरपालिकाको आयोजना तथा रेडियो शैलुङको सहजीकरणमा आयोजित कार्यक्रममा ५ जना जेष्ठ नागरिकले ३० जना बालबालिकासंग अन्तरक्रिया गरेका थिए । कार्यक्रममा भीमेश्वर नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेढाईँले कार्यक्रमको औचित्य बारे जानकारी गराउनु भएको थियो ।


जेष्ठनागरिकसंग साक्षात्कार गर्न पाउँदा निक्कै गर्वको महशुस भएको विद्यालय कक्षा १० मा अध्ययनरत इच्छा शिवाकोटीको भनाइ छ । पुर्खाको विगत कस्तो छ भन्ने थाहा थिएन यो कार्यक्रमले जानकारी गराइदियो अर्का विद्यार्थी अजपा शिवाकोटीको बताउनु भयो ।
विगतको स्वास्थ्य पद्धति,शिक्षा,परम्परागत प्रविधि,पानी घडी,राणा कालको स्मरण,पुरानो समयको अर्थ व्यवस्था,स्वास्थ्य पद्धति,बैङ्किङ व्यवस्थाका विषयमा जेष्ठ नागरिकले कार्यक्रममा अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रमबाट नयाँ कुरा प्राप्त भएको भन्दै विद्यार्थीले यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने बताएका छन् ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.