भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

पीपलबोटमा आरोग्य केन्द्र बनेपछि जेष्ठ नागरिक हर्षित

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

भीमेश्वर नगरपालिका ५ पीपल बोटमा आरोग्य केन्द्र बनेपछि जेष्ठ नागरिक हर्षित भएका छन् । दोलखाका धार्मिक तथा पर्यटकीय स्थल शैलुङ,कालिञ्चोक,हनुमन्ते,भीमेश्वर अनि तामाकोशीको दृष्यावलोकन गर्न सकिने सुन्दर स्थल पीपलबोटमा आकर्षक शैलीमा बनेको आरोग्य केन्द्रमा दुःख सुख साट्न पाउँदा जेष्ठ नागरिकले खुसी व्यक्त गरका हुन् ।
जेष्ठ नागरिक बालबालिका अन्तरक्रिया कार्यक्रमको अवसर पारेर जेष्ठ नागरिकले वडाध्यक्ष बासु श्रेष्ठ समक्ष खुसी प्रकट गर्दै सबै जेष्ठ नागरिक सम्म यस्तै सुविधा पु¥याउन माग गरे । भीमेश्वर नगरपालिकाको आयोजनामा गरिएको अर्ती पूर्खाको कार्यक्रम जेष्ठ नागरिक आरोग्य केन्द्रमा गरिएको थियो ।
८४ वर्षीय जेष्ठ नागरिक तिलक बहादुर कार्कीले खुसी हुँदै भन्नुभयो,“तामाकोशीको हावा खाँदै चारैदिशाका देवी देवताको दर्शन गर्न पाउँदा स्वर्गजस्तै लागेको छ । उमेर गै गयो यो अवसर हेर्दा धेरै बाच्न पाए हुन्थ्यो ।”
घरमै कुजिँएर बस्नुपर्ने वाध्यता थियो । आफूजस्तै साथीसंग भेट गर्न सजिलो ठाउँ बनादिए । बुढ्यौली पनि विर्साइदियो,७९ वर्षीय लिला कार्कीको भन्नुभयो ।
बाजागाजा छ,टेलिभिजन हेर्ने व्यवस्था छ,तातोन्यानो बस्ने ठाउँ छ अझै सामान्य चिया खाजाको व्यवस्था भए अझै राम्रो हुने जेष्ठ नागरिक गंगा बहादुर कार्कीको अपेक्षा छ ।
पीपल बोटमा आकर्षक आरोग्य केन्द्र बनेपछि टोल बस्तीमा पनि यस्तै आरोग्य केन्द्रको स्थापना गर्न जिल्ला जेष्ठ नागरिक संघका अध्यक्ष रङ्ग बहादुर बुढाथोकीले सुझाव दिनुभयो ।
जेष्ठ नागरिकका मागलाई सम्बोधन गर्दै वडा नं ५ का वडाध्यक्ष श्रेष्ठले जेष्ठ नागरिकको हितमा काम गर्ने वचन दिनुभयो । वडाले पहिलो पटक जेष्ठ नागरिकका लागि २ लाख रकम विनियोजन गरेको छ । व्यक्तिगत रुपमा पनि सहयोग गर्दै आएको छु । अझै आवश्यकता अनुसार सहयोग गर्दै जान्छु —उहाँले भन्नु भयो ।
अध्यक्ष श्रेष्ठले आरोग्य केन्द्रमा आउन मन हुने जेष्ठ नागरिकलाई गाडीको व्यवस्था गरेर पनि ल्याउने बताउनु भयो । कार्यक्रममा समाजसेवी तथा बुढाभीमसेन माध्यमिक विद्यालय धरमघरका प्रधानाध्यापक राजन कार्कीले आरोग्य केन्द्रलाई जेष्ठ नागरिक र बालबालिका बीच ज्ञान,सीप र अनुभव साट्ने र विकास गर्ने थलोको रुपमा विकास गर्न प्रयास गर्ने धारणा राख्नु भयो ।

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.