भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

दोलखामा योग अभ्यास कार्यक्रम ः विद्यालयदेखि सर्वसाधरणसम्म

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाका विभिन्न विद्यालयमा योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । पतञ्जली योग समितिका केन्द्रिय युवा संयोजक लोकनाथ खनालले दोलखाका विभिन्न बालबालिकालाई योगको शैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिनु भएको हो ।
दोलखा भीमेश्वर नगरपालिकामा रहेका कुँटीडाँडा माध्मिक विद्यालय,महेन्द्रदयो मावि,बुढाभीमसेन माध्यमिक विद्यालय,भीम मावि,त्रिपुरा बोर्डिङ लगायत गौरीशंकर बहुमुखी क्याम्पस दोलखाका विद्यार्थीलाई योग शिक्षासंगै अभ्यास गराउनु भएको छ ।

बालबालिकालाई संस्कारी बनाउन योग शिक्षाको महत्व रहेको योग गुरु खनालको भनाइ छ । विद्यार्थीका लागि मनलाई एकाग्र बनाउने योग बढी प्रभावकारी हुने उहाँको भनाइ छ ।

दोलखा सदरमुकाम चरिकोटमा रहेको आयुरवेद कार्यालय र आइओएमको हलमा दैनिक विहान बेलुका योग कक्षा सञ्चालन गर्दै आउनु भएका योग गुरु खनालले वाँकी समय विभिन्न विद्यालय,क्याम्पस,सरकारी कर्मचारी,सेना,कारागारका कैदी बन्दी समेतलाई योग र योगको महत्वका विषयमा जानकारीसंगै योग अभ्यास गराउँदै आउनु भएको छ ।
योग गुरु खनाल भन्नुहुन्छ ‘योग चिकित्सा पद्धति हो –रोगीका लागि,योग जीवन हो– निरोगीका लागि,योग साधना हो –योगीका लागि र योग सबैका लागि ।’

योगको जीवनशैली अपनाए जीवन सार्थक हुने छ । योग गर्नेको जीवन शैली आफै परिवर्तन हँुदै जान्छ । योग सजगता हो,सबै काममा सजगता आवश्यक छ, त्यसैले सबैले योगको अवलम्बन गर्न जरुरीभएको खनालको भनाइ छ ।
‘प्राणायामले शरीरमा अक्सिजनको प्रवाह बढाएर छाला र श्वास–प्रश्वाससम्बन्धी रोग, क्यान्सरलगायतका जटिल रोगबाट जोगाउँछ वा यसको विस्तारलाई कम गर्छ ।’ योगअन्तर्गतको ध्यानले हाल समाजमा अत्यधिक देखिन थालेको उदासीपन, तनाव र छटपटी आदि कम गर्ने उहाँ बताउनुहुन्छ ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.