देवदास स्मृति दिवसमा दोलखाका एक महिलासहित ६ पत्रकार पुरस्कृत
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल पत्रकार महासंघ दोलखाका संस्थापक सभापति स्वर्गीय देवदास श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा देवदास स्मृति लगायत विभिन्न ६ पुरस्कार वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले आयोजना गरेको १७ औ स्मृति दिवसको सन्दर्भ पारेर दोलखाका एक महिलासहित ६ जना पत्रकारलाई विभिन्न पुरस्कार वितरण गरिएको हो ।
स्वर्गीय श्रेष्ठको नाममा स्थापित स्वर्गीय देवदास श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार जीवन लामा नगद १० हजारसहित पुरस्कृत हुनु भएको छ । यसैवीच स्वर्गीय रविन्द्र स्मृति पुरस्कारबाट दोलखाका अग्रज पत्रकार सम्भु गौतमलाई १० हजार नगदसहित पुरस्कृत गरिएको छ भने स्वर्गीय पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट पत्रकार बलराम खड्का १० हजार नगदसहित पुरस्कृत हुनु भएको छ ।
नेपाल पत्रकार महासंघले वर्षेनी पुरस्कार प्रदान गर्दै आएको स्वर्गीय इन्द्रमणि पत्रकारिता पुरस्कार महासंघका कोषाध्यक्षसमेत रहनुभएका पत्रकार नविन खतिवडाले प्राप्त गर्नुभएको छ । मेहरमान फाउण्डेशनले स्थापना गरेको हेमकृष्ण कुमारी स्मृति महिला पत्रकारिता पुरस्कारबाट १५ हजार नगदसहित रेडियोकर्मी विनिता भण्डारी पुरस्कृत भएको नेपाल पत्रकार महासंघ दोलखा शाखाले जनाएको छ । विकास पत्रकारिता पु्रस्कारबाट भने पत्रकार लालकुमार मोक्तान १० हजार नगदसहित पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी,प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा,नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ,नेपाली काँग्रेसका पार्टी सभापति वर्मा लामा,माओवादी केन्द्रका अध्यक्ष कुल बहादुर बुढाथोकीले शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के,नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रमेश खतिवडा,प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का,प्रेस चौतारीका अध्यक्ष प्रभु जिरेल,प्रेस युनियनका कार्यवाहक अध्यक्ष गोकर्ण प्रसाद भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
२०५३ सालमा स्थापना भएको नेपाल पत्रकार महासंघ दोलखा शाखाको संस्थापक अध्यक्ष देवदास श्रेष्ठको २०६२ साल भदौ १६ गते हृदय घातका कारण मृत्युु भएको थियो । नेपाल पत्रकार महासंघ दोलखा शाखाले उहाँको सम्झनामा हरेक वर्ष भाद्र १६ गते स्मृति दिवस मनाउँदै आएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...