भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

बसपार्क नहुदा दोलखा सदरमुकाम चरिकोट बजार अस्तव्यस्त, सरोकारवाला निकाय मौन

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

जिल्लामा खास तोकिएको बस पार्क छैन् बस टर्मिनल छ तर त्यहाँ कुनै सवारीका साधान पार्किङ गरिएको पाइदैन ।   जिल्लामा विगत १० वर्ष देखी चरिकोटमा बस पार्क निर्माणका लागि जग्गा खोजी भईरहेपनि निर्माण हुन सकेको छैन । भिमेश्वर नगरपालिकाले बसपार्क निर्माणको लागी चासो नदेखाउदा सदरमुकाम चरिकोट अस्व्यस्त बनेको हो ।

जिल्लाको पहिचान रुपमा रहेको दोलखा सदरमुकाम चरिकोट बजार बसपार्क नहुदा अस्तव्यस्त बनेको  छ।

जिल्लाको सदरमुकामको अवस्था हेरेनै समग्र जिल्लाको  पहिचान हुने भयपनि जिल्ला सदरमुकामनै अस्तव्यस्त बनेको हो । यसको मुख्य कारण हो   आधिकारीक बसपार्क नहुनु र आफू खुसी जथाभाबी सवारीका साधन पार्किङ गर्नु ।

बसपार्क नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ गर्नुपरेको सवारी चालक शिखर थापाको भनाई छ ।

बसपार्क नहुँदा सडक दायाँबायाँ, होटल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ हुँदै आएका छन् ।

चरिकोटमा व्यवस्थित बसपार्क नहुदाँ सडकमै दोहोरो पार्किङ हुने गरेको छ । त्यसले गर्दा आगन्तुक तथा सर्वसाधरण नागरिकलाई समेत हिडडुल समस्या हुदै आएको छ । लामो दूरीका बस र बोलेरो जिप र मोटरसाईकलको जथाभावी पार्किङले व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख विष्णु पुरीले वताउनुभयो ।

जिल्लामा बस टर्मिनल छ तर त्यहाँ कुनै सवारीका साधान पार्किङ गरिएको पाइदैन ।  विगत १० वर्ष देखी चरिकोटमा बस पार्क निर्माणका लागि जग्गा खोजी भईरहेपनि निर्माण हुन सकेको छैन । जग्गा खोज्ने क्रममा गौरीशंकर बालगृह नजिकै उपयुक्त देखिएको  भीमेश्वर नगरपालिका ईन्जिनियर शाखाका प्रमुख सुरेश राउतले बताउनुभयो ।

बस पार्क निर्माणका लागि उक्त क्षेत्रमा नगरपालिकाले गुरुयोजनाको समेत निर्माण भईसकेको छ तर जग्गाको व्यवस्थापन भने अझै हुन् सकेको छैन् । बस पार्क निर्माणका लागि २ हेक्ट्रर जग्गाको आवश्यक पर्ने र बर्खेडाँडापारी सामुदायिक वनको उपभोक्ता समिति  सँग छलफल भई रहेको भिमेश्वर नगरपालिकाले जनाएको छ ।

राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.