दोलखाको मुद्रा संग्रहालयको काम ७० प्रतिशत सम्पन्न
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
ऐतिहासिक शहर दोलखा बजारमा निर्माणधीन मुद्रा तथा सास्कृतिक संग्रहालयको काम ७० प्रतिशत सम्पन्न भएको छ ।
दोलखा जिल्लाको दोलखा बजारस्थित राजकुलेश्वर तलेजु मन्दिर परिसरमा जिल्लाकै नमुना संग्रहालय निर्माण भइरहेको हो ।
बाग्मती प्रदेश सरकारको बहुवर्षिया ठेक्का मार्फत भ्याट सहित ३ करोड ७३ लाख ८६ हजारको लागतमा २०७७ पुसबाट सुरु भएको मुद्रा तथा सास्कृतिक संग्रहालयको काम जेठसम्ममा सक्ने गरी काम भएको थियो ।
तुल्सी÷एरिसा जेभीले ठेक्का पाएको उक्त संग्रहालयको काम विविध कारणले तोकिएको समयमा सम्पन्न नभएकाले ६ महिनाको म्याद थप गरी मंसिरसम्ममा काम सम्पन्न गर्ने तयारी रहेको निर्माण कम्पनीले जनाएको छ ।
नेपालको इतिहासमा नै पहिलो चादीको सिक्का निष्कासनको काम दोलखाबाट नै सुरु भएको प्रमाण रहेको स्थानीय समाजसेवी शान्तकृष्ण श्रेष्ठको भनाई छ ।
बाग्मती प्रदेशको पर्यटन विकास आयोजना मार्फत निर्माण भइरहेको संग्रहालयको टायल राख्ने, वाल लगाउने, फिनिसिङ र रंगरोगनको काम बाकी रहेको निर्माण कम्पनीले जनाएको छ ।
नेपाल भाषाको उद्गम स्थल मानिएको दोलखामा लोप हुने र नास हुने अवस्थामा रहेका पुरातात्विक महत्वका सम्पदाहरु र मानव सभ्यताको संस्कृतीसंग गासिएका पुराना सामग्रीहरु संग्रहालयमा सुरक्षित रुपमा राखी सर्वसाधारण तथा पर्यटकहरुको अवलोकन गर्ने गरी काम भइरहेको वडा अध्यक्ष स्टालिन श्रेष्ठले बताउनुभयो ।
राजा इन्द्र सिंहदेवले १६०५ मा सिक्का प्रचलनमा ल्याएपछि दोलखामा निर्माण भएको सिक्का काटने घर भुकम्पपछि भग्नावेशमा परिणत भएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...