हाम्रो जनकल्याण र शैलुङ सञ्चार सहकारी बीच एकीकरण
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता हाम्रो जनकल्याण सहकारी शैलुङ सञ्चार सहकारी संस्था बीच एकीकरण घोषणा सभा सम्पन भएको छ । हाम्रो जनकल्याण सहकारी संस्थााको २५ औ वार्षिक साधारण सभाको अवसरमा दुई संस्था बीच एकीकरण घोषणा गरिएको हो
वि.सं २०६४ सालमा स्थापना भएको शैलुङ सञ्चार सहकारी संस्थाले समाजिक सचेतनाका लागि दोलखा सदरमुकाम चरिकोटमा रेडियो शैलुङ सामुदायिक एफ.एम समेत सञ्चालन गर्दै आएको थियो ।
दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको शैलुङ सञ्चार सहकारी सस्थाको मुख्य उद्देश्य सञ्चार क्षेत्रमा काम गर्ने रहेको थियो । ३ सय ४७ जना शेयर सदस्य रहेको सञ्चार सहकारी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गर्ने निर्णय २०७७ सालमा भएको थियो । बैठकको निर्णय अनुसार प्रक्रिया पूरा गरी हाम्रो जनकल्याण सहकारीको २५ औ साधारण सभाको अवसर पारेर एकीकरणको घोषणा गरिएको सहकारीले जनाएको छ ।
भीमेश्वर नगरपालिकाका नगर ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारण सभा संस्थाका सचिव मान बहादुर केसीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अर्जुन कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शैलुङ सञ्चार सहकारी संस्थाको तर्फबाट संस्थाकी कोषाध्यक्ष सर्मिला बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर,शैलुङ सञ्चार सहकारी संस्थाका अध्यक्ष एवं राजनीतिज्ञ शिव प्रसाद भण्डारी,मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर,नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाईँ लगायतले सभालाई सम्बोधन गर्नु भएको थियो ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...