सहकारी पत्रकारिता पुरस्कार रेडियोकर्मी तारादेवी बस्नेतलाई
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
असोज ११
प्रगति बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारण सभाको अवसरमा पत्रकार तारादेवी बस्नेत सहित १० जनालाई सम्मान गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पामा रहेको प्रगति बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारण सभाको अवसर पारेर रेडियो शैलुङमा कार्यरत पत्रकार बस्नेतलाई सम्मान गरेको हो ।
सहकारीले अन्तराष्ट्रिय सहकारी वर्ष सन् २०१२ को अवसरमा स्थापना गरिएको सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष जगत प्रसाद सुवेदीले जानकारी दिनुभयोे । उहाँँका अनुसार बस्नेतसहित जेष्ठ शेयर सदस्यहरु खड्ग बहादुर सुवेदी र दुर्गामाया सुवेदीलाई नगद सहित दोसाला ओढार सम्मान गरिएको थियो भने २०७८ सालको क्भ्भ् मा उत्कृष्ट नतिजा ल्याउन सफल बाल बचत कर्ताहरु सञ्जीना थामी,रुष्मा ओली,जानकी ओली,जानकी कार्की, उत्कृष्ठ व्यवसायी सत्यदेवी शिवाकोटी,उत्कृष्ट ऋणी विष्णुमाया खड्का,उत्कृष्ट बचतकर्ता सुन्तली सुवेदी,उत्कृष्ट शेयर खरिदकर्ता कमला सुवेदीलाई पनि नगद सहित करद पत्र प्रदान गरिएको थियो ।
सहकारी संस्थाका अध्यक्ष जगत प्रसाद सुवेदीको अध्यक्षतामा भएको सभामा संस्थाका सचिव रामप्रसाद दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो भने कोषाध्यक्ष नारायण कार्कीले ६ करोड ८८ लाख ८६ हजार ६ सय ७३ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक श्यामप्रसाद दाहालले प्रस्तुत गर्नु भएको छ । सभामा नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघका सञ्चालक जिवसराज खड्का,जिल्ला सहकारी संघ दोलखाका महासचिव कृष्णप्रसाद दाहाल,भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्टालिङ श्रेष्ठ,भीमेश्वर नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत एवं नगरपालिका सहकारी शाखाका प्रमुख नारायण प्रसाद सेढाई लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...