जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार के.वि. उप्रेतीलाई
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता![](http://samadristionline.com/wp-content/uploads/2022/10/IMG-2dd2a2dde03c0df6125a7f337582207d-V-650x390.jpg)
जनसचेतन बचत तथा ऋण सहकारी सस्थाले केवि उप्रेतीलाई जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । संस्थाले रजत जयन्तीको अवसर (२०७४) मा स्थापना गरेको जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार २०७९ बाट उप्रेतीलाई सम्मान गरेको हो ।
सहकारीको प्रवद्र्धन,विकास र व्यवस्थापनमा महत्वपूर्ण राष्ट्रिय योगदान पु¥याउने व्यक्तिलाई प्रदान गर्ने उक्त पुरस्कारको राशी ३३ हजार ३ सय ३३ रुपैया रहेको छ । संस्थाको ३० औ स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि बर्जुराम घतानीले उक्त पुरुस्कार प्रदान गर्नु भएको हो ।
जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षतामा भएको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख घतानीले सहकारीले वचत र ऋणको कारोबारसंगै उत्पादनमा लाग्न सुझाव दिनुभयो ।
विपन्न वर्गको जीवनस्तर रुपान्तरण गर्न सकेमात्र सहकारीको उद्देश्य पुरा हुने भन्दै सहकारीले उद्योग र वजारीकरणका नयाँ विधामा कामको थालनी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख घतानीले दोलखाका सबै पालिकामा फरक फरक उत्पादनको योजना बनाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने पनि प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहनु भएका सहकारी अभियन्ता केवि उप्रेतीले दोलखालाई सहकारीको नमूना जिल्ला बनाउन जनसचेतनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । सहकारी क्षेत्रको विकास र विस्तारका लागि आफूले सकेको सहयोग गर्ने बताउनुभयो । समृद्ध नेपालको अभियान पूरा गर्न सहकारीको विकल्प नभएको धारणा राख्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैत्यश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले महिलामुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर महिलाको सक्षमता बृद्धिका कार्यक्रम ल्याउन सुझाव दिनुभयो । सहकारी र सरकारको लक्ष्य एउटै भएको भन्दै दुबै संस्था हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपस्कुन सञ्चालक समिति सदस्य जीवसराज खड्काले सहकारीको समसामयिक अबस्था र नेपस्कुनको भूमिका विषयमा जानकारी गराउँदै सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि वित्तीय परिचालनसँगै सुशासन र व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका महासचिव कृष्ण प्रसाद दहाल,दोलखा जिल्ला बचत संघका उपाध्यक्ष पवन प्रसाद दहाल, जलदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक गीताकृष्ण शर्मा जनसचेतन आवाज रेडियो कार्यक्रम सकारात्मक विचारक एवं शेयर सदस्य बलराम घिमिरे, लगायतले सुझावसहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
विभिन्न विधामा सम्मान
संस्थाले स्थापना दिवसको अवसरमा विभिन्न विधामा पुरस्कार वितरण गरेको छ । संस्थाले संस्थाका सल्लाहकार समेत रहनु भएका स्वर्गीय पशुपति चौलागाईको परिवारलाई मरणोपरान्त सम्मान प्रदान गरेको छ ।
यसैबीच जनसचेतन पत्रकारिता पुरस्कारबाट रेडियोकर्मी निर्मला शिवाकोटी (विनिता) लाई सम्मान गरेको छ ।
संस्थाको तर्फबाट वर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट पुरुषतर्फ सुचना तथा प्रविधि अधिकृत रमेश लामिछाने र महिला तर्फ कालिञ्चोक गाउँपालिका बाबरे सेवा केन्द्रकी लक्ष्मी थापा सम्मानित हुनु भएको संस्थाका सचिव कमल दहालले बताउनु भयो ।
जनसचेतनका १६ सेवा केन्द्र मध्ये मिर्गे सेवा केन्द्र उत्कृष्ठ सेवा केन्द्रको रुपमा सम्मानित भएको छ । उक्त सेवा केन्द्रमा सबै महिला कर्मचारी रहेका छन् ।
संस्थाले स्थापना दिवसको अवसर पारेर सामुदायिक विद्यालयको तर्फबाट ३.८० जिपिए ल्याएर उत्कृष्ठ स्थान हासिल गर्ने हनुमन्तेश्वर माध्यमिक विद्यालयका आदेश दहाल र छात्रा तर्फ ३.७५ जिपिए ल्याएर उत्कृष्ठ अंक ल्याउन सफल सोही विद्यालयकी पूर्णिमा मिजारलाई सम्मान गरेको छ ।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव कमल दहालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले दोलखासंगै काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौ जिल्ला भर र ललितपुर महानगरपालिका थप गरि ५ जिल्लामा सेवा क्षेत्र बिस्तार गरेको छ । सहकारीमा गत आर्थिक वर्षको असार मसान्त सम्म ३६ हजार २सय ५४ जना रहेका छन् भने सहकारीमा हाल कुलपुँजी २ अरब १८ करोड ६९ लाख ४ हजार १ सय ६१ रुपैयाँ रहेको छ
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...