भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

जनसचेतन सहकारीका ८ जना ऋणीको धितो लिलामी

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको मैनापोखरी स्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले धितो लिलामी गरेको छ ।
वैतेश्वर गाउँपालिका ५ मैनापोखरीमा रहेको केन्द्रिय कार्यालयमा धितो लिलामी गरेको हो । सहकारीले पटक पटक सूचना जारी गरेर ऋण तिर्ने प्रक्रियामा ल्याउन प्रयत्न गर्दा पनि सफल नभएपछि ८ जना ऋणीहरुको धितो लिलाम गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले वताउनुभयो ।
सहकारीले भदौ २१ गते नै ऋणीहरुको धितो लिलाम विक्री सम्बन्धी सूचना जारी गरेको थियो । सूचना जारीसंगै भाखा नाघेका ६ जना ऋणीहरुले ऋण तिरेका थिए भने वाँकी ८ जना भने सम्पर्कमा नआएपछि धितो लिलाम विक्री गरिएको संस्थाले जनाएको छ ।
ऋण लिने समयमा तय गरिएको शर्त अनुसार समयमा साँवा र ब्याज नबुझाउने, पटक पटक लिखित, मौखिक तथा भौतिक ताकेताको बेवास्ता गर्ने, राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी ऋण तिर्न आह्वान गर्दा समेत ऋण नतिर्ने ऋणीहरुको धितो लिलाम बढाबढको आधारमा गरिएको संस्थाले जनाएको छ ।
ऋण लिदाका बखत तय गरिएको सेवा तथा शर्तनामा अनुसार समयमा ऋणको साँवा, ब्याज र हर्जना नबुझाउने, पटक पटक गरिएको ताकेता पश्चात पनि ऋण नतिरेमा सहकारी ऐन २०७४ को दफ ७९, सहकारी नियमावली २०७५ को दफा ३० बमोजिम कुनै पनि सहकारी संघसंस्थाले ऋणीको धितो लिलाम गरी ऋण असुलउपर गर्न सक्ने व्यवस्था छ ।
सहकारीका अध्यक्ष हेमन्त चौलागाईँका अनुसार ऋण नतिर्ने थप ऋणीहरुको पनि तीनपुस्ते विवरण सहितको ३५ दिने सूचना निकट भविष्यमै राष्ट्रिय दैनिक पत्रिकामा निकाल्ने तयारीमा संस्था रहेको छ । सरकारले सहकारी क्षेत्रका लागि निर्धारण गरेको सबै कानुनको उच्चतम पालना हुनेगरी संस्थामा भाखा नाघेको ऋण कम गर्न जनसचेतनले कुनै कसर बाँकी राख्ने छैन् ।

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.