स्वदेशमै रोजगारी सिर्जना गर्छुः प्रतिनिधिसभा सदस्य उम्मेद्वार शिवाकोटी
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखा । प्रतिनिधिसभा सदस्यका एमाले उम्मेद्वार बालकृष्ण शिवाकोटीले आफूले निर्वाचन विजय प्राप्त गरेपछि युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउने नीति निर्माण गर्ने बताउनुभएको छ ।
शनिबार मेलुङ गाउँपालिकाको भेड्पुमा भएको बृहत् कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुदैँ शिवाकोटीले बेरोजगारीका कारण उर्जाशिल युवाहरु विदेश पलायन हुनुपरेको भन्दै स्वदेशमै उद्योग धन्दाको विकास गरेर रोजगारी सिर्जना गर्न आफू लागि परेको बताउनुभयो ।
मनोनयन दर्तापछि निर्वाचन विशेष जिल्लाकै पहिलो बृहत् कार्यकर्ताता भेलालाई सम्बोधन गर्नुहुदैँ प्रदेशसभा (क) का उम्मेद्वार नरबहादुर श्रेष्ठले आफुले जितेमा प्रदेश सरकार मार्फत स्थानीय तहलाई थप सवल र सक्षम बनाउन आवश्यक नीति निर्माण गर्ने बताउनुभयो ।
नेकपा एमाले मेलुङ गाउँपालिका कमिटीका अध्यक्ष अम्बिका गोलेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी दोलखाका सचिव हिराकुमार तमाङ, उपसचिव धर्मेन्द्र मोक्तान, खेलकुद महासंघका केन्द्रिय सचिवालय सदस्य विदुर शर्मा लगायतले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सुर्यमा मतदान गरी एमाले उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...