बालकृष्ण जिताउने दोलखाली मतदाताको अठोट
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
३१ असोज
दोलखामा चुनावी अभियान सुरु भएलगत्तै मतदाताहरुले स्थापित वामपन्थी नेता तथा पूर्व पोलिटब्यूरो सदस्य स्वर्गीय पशुपति चौंलागाईंका अधुरा योजना र सपना पूरा गर्न एमालेलाई जिताउने अठोट व्यक्त गर्न थालेका छन् ।
सोमवार भीमेश्वर नगरपाािलकाको सेराबेंसी र दारेभञ्ज्याङ क्षेत्रका मतदाताहरुले एमालेका प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटीलाई विजयका लागि शुभकामना दिँदै त्यस्तो अठोट व्यक्त गरेका हुन् । कोभिड संक्रमणबाट ०७९ जेठमा चौंलागाईंको निधन भएको थियो । एमाले दोलखाका संस्थापक नेतामध्येका एक नेता चौंलागाईं अघिल्लो पटक प्रदेससभा सदस्यमा प्रदेश ‘ख’बाट निर्वाचित हुनुभएको थियो ।
‘सालीन र विकासप्रेमी नेता पशुपति चौंलागाईंको अल्पायूमै निधन भयो, उहाँका योजना र सपना पूरा गर्न एमालेले आगामी मंसिर ४ को निर्वाचनका लागि योग्य र नयाँ अनुहारहरु अगाडि सारेको छ’, मतदातासमेत रहनुभएका वाम अग्रज चित्रबहादुर भुजेलले सबैका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो,‘उहाँ जस्तै मिलनसार, राजनीतिक र सामाजिक व्यक्तित्व बालकृष्ण शिवाकोटीलाई एमालेले प्रतिनिधिसभाको उम्मेद्वार अगाडि सारेको छ, त्यसकारण उहाँलाई जिताउन हामी सकृय हुनेछौं ।’
०७४ को निर्वाचनमा चौंलागाईं जस्ता अग्रज नेताको सम्मानका लागि शिवाकोटीले नै उम्मेद्वार बन्न प्रस्ताव गर्नुभएको थियो । शिवाकोटीले दोलखाका हरेक सामाजिक अभियान र विपतमा सहयोग पु¥याउँदै आएको स्मरणसहित अघिल्लो पटक चौंलगाईंलाई फराकिलो सोचसहित उम्मेद्वार बनाएर जिताउन खेलेको भूमिकाप्रति उच्च प्रशंसा पनि गर्नुभएको थियो । ‘अब तपाईं चुनाव जितेर चौंलागाईंको पनि उत्तराधिकारीका रुपमा अगाडि बढ्नुहोस्’ उम्मेद्वार शिबाकोटीप्रति मतदाहरुको शुभेच्छा थियो ।
भीमेश्वर–८ स्थित सेराबेंसी र ९ स्थित दारेभञ्ज्याङमा मतदाता भेटघाटमा प्रतिनिधिसभाका उम्मेद्वार शिवाकोटीले घ्याङ–सेरा–मुडे सडकलाई छिट्टै बिस्तार गरेर पक्की सडक निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । एमालेकै पहलमा उक्त सडक खण्ड विस्तार भए पनि कालोपत्रे हुन बाँकी छ ।
कार्यक्रममा नेपाल खेलकुद महासंघका प्रवक्ता तथा एमाले दोलखा जिल्ला कमिटी सदस्य तिर्थबहादुर खड्का, प्रेस चौतारी नेपालका वागमती प्रदेश कमिटीका अध्यक्ष शरद सापकोटा, खेलकुद महासंघका केन्द्रीय सदस्य सूर्य कार्की, भीमेश्वर ८ का अध्यक्ष नविन लामा, ९ का अध्यक्ष हिमाल श्रेष्ठलगायत पनि सहभागी हुनुहुन्थ्यो ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...