उम्मेद्वारहरु घरदैलो अभियानमा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
चरिकोट, १ कात्तिक
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले दोलखाका नेताहरुले चुनावी प्रचार प्रसारको अभियानलाई तिव्रता दिएका छन् । चु्नावी अभियानकै क्रममा प्रतिनिधी सभाका उम्मेदवार वालकृष्ण शिवाकोटीले जिल्लाको भिमेश्वर नगरपालिकामा घरदैलो अभियानलाई निरन्तरता दिनु भएको छ ।
यसै क्रममा आज विहान भीमेश्वर नगरपालिकाको थामी वस्तीमा पुगेर उम्मेदवार शिवाकोटीले थामी समुदायका अगुवासँग अन्तरक्रिया गर्नु भयो । थामी समुदायको वाक्लो वस्ती रहेको भीमेश्वर नगरपालिकाको वडा नं। १ मा रहेको लामानागीमा उम्मेदवार शिवाकोटीले अन्तरक्रिया गर्नु भएको हो । अन्तरक्रियाका क्रममा थामी समुदायका समस्याका बारेमा छलफल भएको छ । थामी समुदायका अगुवाहरुले शिवाकोटीलाई जितको अग्रिम शुभकामना दिँदै थामी समुदायको हितमा काम गर्न सुझाएका छन् ।
घरदैलोका क्रममा थामी समुदायका अगुवाहरुले थामी समुदाको ऐतिहासिक स्थल राङराङथलीको विकासको काममा एमालेको स्थानीय सरकार हुँदा वजेट विनियोजन भई ऐतिहासिक संग्रहालाय समेत निर्माण भएको र अहिले एमालेको सरकार नुहँदा बजेट विनियोजन नभएको गुनासो पोखेका थिए । साथै थामी गाउँमा रहेको विद्यालयमा आवश्यक शिक्षक दरवन्दि थप गर्नका लागि समेत थामी अगुवाहरुले आग्रह गरेका छन् । घरदैलोका क्रममा थामी वस्ती सम्म पुग्ने स्थानीय सडकको अवस्था सुधारका लागि ध्यान दिन अनुरोध गरेका छन् ।
उम्मेदवार शिवाकोटीले एमालेको विजयमा मात्र थामी समुदायको हित हुने हुनाले सूृय चिन्हमा मतदान गरी एमालेका सबै उम्मेदवार जिताउनुपर्ने घरदैलोका क्रममा वताउनुभएको पत्रकार फुर्वा तामाङले जानकारी दिनुभयो ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...