भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

दोलखा भिमेश्वर नगरपालिका कात्तिकेका किसानले लगाएको धानमा भुस मात्र

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

कृषिबाट नै मनग्य आम्दानी गदै आएका दोलखा कात्तिकेका कृषक धान उत्पादन नभएपछि चिन्तित बनेका छन । धेरै उत्पादन हुने आशले रैथाने धान मासेर हाइव्रिड धान लगाउदै आएका कृषकको धानमा भुस मात्र भएपछि यसवर्ष घाटा व्यहोर्न बाध्य भएका छन
दोलखा कात्तिकेका कृषकलाई यतिबेला धान थन्काउने चटारो भएपनि धान उत्पादन नभएपछि चिन्तित बनेका छन ।
धान पाकेर थन्काउने बेला भएपनि वाला नलागेर दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ कात्तिकेका कृषक चिन्तित बनेका छन ।
रैथाने धानलाई विस्थापित गदै पायनियर जातको हाइव्रिड धान लगाएका कृषकले यसवर्ष उत्पादनमा घाटा व्यहोरेका छन ।

कृषिबाट नै जिविकोपार्जन गदै आएका यस क्षेत्रका करिब २५ घरधुरीका कृषकले लगाएको धान खेतीमा पराल मात्र रहेको छ ।

एउटा खेतबाट ३० मुरी धान उत्पादन गदै आएका यस क्षेत्रका कृषकले यसवर्ष ७ मुरी मात्र धान थन्काउन पाएका हुन ।

धान रोप्ने बेलादेखी गोडने बेलासम्म रासयनिक मल नपाएका कारण पनि उत्पादनमा हस आएको कृषकहरुको गुनासो छ ।

धान उत्पादन गरी बिक्री वितरण गदै आएका यस क्षेत्रका कृषकहरुले यसवर्ष धान बिक्री गर्न समेत नपाउने भएका छन ।
गतवर्ष धान बिक्रीबाट नै मनग्य आम्दानी गरेका कृषकलाई यसवर्ष घरमा खान समेत नपुग्ने भएको कृषकहरुको गुनासो छ ।

कृषिमा नै आत्मनिर्भर रहेका यस क्षेत्रका कृषक स्थानीय सरकारलाई यसतर्फ चासो दिन आग्रह समेत गरेका छन ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.