एमाले दोलखाको चुनावी अभियान सुरु
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेकपा एमाले आज औपचारिक चुनावी अभियान सुरु गरेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटी र प्रदेश सभा उम्मेदवार नर बहादुर श्रेष्ठ र भरत केसीले संयुक्त रुपमा दियो बालेर अभियानको सुरुवात गरेका हुन ।
प्रविधिको व्यापक प्रयोग गरिएको कार्यक्रममा चुनावी गित तथा भिडियोहरुको समेत सार्वजनिक गरिएको थियो । अभियान समुदघाटनमा आफ्नो भनाई राख्दै गर्दै नेकपा एमाले पोलिट्ब्युरो सदस्य एवं दोलखा प्रदेश क का चुनावी कमाण्डर पार्वत गुरुङले एमालेले विधि र पद्धतिलाई मानेर चुनावमा विजयी हासिल गर्ने बताउनुभयो । गठबन्धनमा रहेका दलहरु आफैं सरकारमा बसेर विधि पद्धति उल्लंघन गर्न लागेको उल्लेख गर्दै दोलखामा अव वुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं वागमती प्रदेश कमाण्डर आनन्द पोखरेलले गठबन्धनले जितेका स्थानीय तहहरुमा भद्रगोल सुरु भएको हुँदा अव एमाले पार्टीलाई जिताउनुपर्ने बताउनुभयो । सम्पूर्ण दोलखा जिल्लामा विकासको अभियान चलाउन पनि एमाले पार्टीले जित्नै पर्छ । पोखरेलले भन्नुभयो ।
कार्यक्रममा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । एमालेको चुनावी गितमा उत्कृष्ट टिकटक बनाउनेहरुलाई सम्मान गरिने कार्यक्रममा उद्घोष गरिएको छ ।
कार्यक्रममा केन्द्रीय, प्रदेश र जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थिए ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...