भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

सुसंस्कृत समाज निर्माणका लागि मेरो उम्मेरदवारी ः राजन शिवाकोटी

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा प्रदेश २ को तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार राजन शिवाकोटीले सुसंस्कृत समाज निर्माणको लागि उम्मेदवारी दिएको बताउनु भएको छ ।
शिवाकोटी स्वर्गीय विरध्वज शिवाकोटी र ललिताकुमारी शिवाकोटीका कनिष्ट सन्तानको रुपमा विसं २०२७ असोज २३ गते मा जन्मनुभएको थियो ।
करिब १० वर्ष (विस २०४८ देखि २०५७ सम्म शिक्षा पेसामा आवद्ध हुनु भएका शिवाकोटी २०५८ सालदेखि निरन्तर पत्रकारिता गर्दै आउनु भएको हो ।
राजधानी दैनिक र आर्थिक दैनिकमा काम गर्नु भएको थियो । उहाँले दोलखा जिल्लाबाट नवतरङ साप्ताहिक तथा आवाज अनलाइन प्रशारणको समेत काम गर्नुभयो ।
सञ्चार माध्यमसंग सम्बन्धित एजेन्सी सञ्चालन गरी डकुमेन्ट्री निर्माणको काम समेत गर्नुभयो ।
राजनीतिक सामाजिक जीवनबाट प्रेरित हुनुभएका शिवाकोटी विद्यार्थी कालबाट नैे राजनीतिमा सक्रिय हुनुभएको हो ।
प्रदेश सभा सदस्य भएसंगै नीति निर्माणमा विचार भन्दा माथि देशलाई राख्ने बताउनु भएको छ । यसैगरी प्रदेश २ का सबै नगर तथा गाउँपालिकासंग मिलेर आर्थिक,सामाजिक,शैक्षिक र स्वास्थ्यसंग जोडिएका समस्या समाधानमा जोड दिने भन्नु भएको छ । युवालाई विकासमा सहभागितासंग रोजगारीको सुनिश्चित गर्ने शिवाकोटीको भनाई छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले उम्मेदवारी दर्ता गराएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि विजय खड्काले मनोनयन दर्ता गराउनु भएको छ भने भने प्रदेश सभा ‘क’ मा राम बहादुर तमाङ र प्रदेश सभा ‘ख’ मा राजन बहादुर शिवाकोटीले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.