मर्यादाक्रम वेवास्ता गरेको भन्दै दोलखाका शिक्षकको ध्यानाकर्षण
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जिल्ला निर्वाचन कार्यालय दोलखाले शिक्षकको मर्यादाक्रमको वेवास्ता गर्दै निर्वाचनमा खटाएको भन्दै शिक्षकहरुले विरोध जनाएका छन् ।
निर्वाचन कार्यालयले शनिबार साँझ कर्मचारीको कार्यक्षेत्र र जिम्मेवारी सार्वजनिक गरेकोमा आईतबार शिक्षकहरुले ध्यानाकर्षण पत्रसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । शिक्षकहरु नवराज शिवाकोटी, दाताराम नेपाल, महेश खाती, यज्ञप्रसाद शिवाकोटी, इन्द्रकुमार बस्नेत, निरज आचार्य र केशव प्रसाद सेढाँईले निर्वाचनमा मर्यादाक्रम अनुसार खटाई पाउँ भनेर निवदेन दिएका हुन् ।
यस विषयमा नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाका अध्यक्ष सञ्जय कुमार खड्काले राज्यले शिक्षकलाई जहिल्यै सौतेनी व्यवहार गर्दै आएको र यस पटक पनि जानाजान अपमान गरेको बताउनुभयो । अध्यक्ष खड्काले शिक्षकको हकहितका लागि संगठन जतिसुकै बेला तयार रहेको उल्लेख गर्नुभयो ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन दोलखाका अध्यक्ष राम बहादुर खड्काले निर्वाचन आयोगले मर्यादाक्रम थाहा नपाउनु लज्जाको विषय भएको भन्दै गैरजिम्मेवार संस्कृतिको भत्सर्ना गर्नुभएको छ । समयमा नै मर्यादाक्रम सच्याएर निर्वाचन जस्तो महत्वपूर्ण अभियानमा शिक्षकलाई सहज वातावरण बनाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
त्यसैगरी नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द मानन्धरले शिक्षक महासंघ केन्द्रिय तहबाट नै शिक्षकको मर्याक्रमको बारेमा सचेत गराउँदा गराउँदै निर्वाचन आयोगले शिक्षकमाथि अपमान गरेको गुनासो गर्नुभयो ।
यसअघि आईतबार नै नेपाल शिक्षक महासंघ दोलखाले विज्ञप्ती निकालेर शिक्षकको मर्यादाक्रमका विषयमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।
यसैबिच मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता शिव पोखरेलले शिक्षकहरुको निवेदन परेको र यस विषयमा के गर्ने भन्ने टुङ्गो नलागेको बताउनुभएको छ ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...