दोलखामा पुनः मतदानको माग -बुथ कब्जामा सिडियो र डिएसपीकै संलग्नता रहेको आरोप
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
मतदातालाई कुटपिट गरी बुथ कब्जा गरेर एकलौटी भोट हाल्दा पनि दोलखाको प्रहरी र प्रशासन मौन बसेको नेकपा एमाले दोलखाले जनाएको छ । सत्ताको आडमा दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र प्रहरी नायव उपरीक्षक गंगा पौडेलेको प्रत्यक्ष मिलेमतो र योजनामा जिल्लामा बुथ कब्जा भएको आरोप लगाएको हो ।
नेकपा एमाले दोलखाले आज पत्रकार सम्मेलन गदै बुथ कब्जा भई मतपत्र छरिएको , एकलौटी भोट हालिएको दृश्य र तस्वीरहरु सार्वजनिक हुदा पनि सुरक्षा प्रमुखहरुलाई सबै ठिक छ भनी प्रजिअ खतिवडा र डिएसपी पौडेलले आफनो पदीय अधिकार दुरुपयोग गदै झुटो विवरण पठाएको एमालले आरोप लगाएको छ ।संवेदनशील बुथहरुमा गठबन्धनको तर्फबाट सिफारिश गरिएका मतदान अधिकृत खटाउने कामको सेटिङ भई संवेदनशील अधिकाश बुथहरुमा प्रनाउ पौडेलले गठबन्धनका उम्मेदवारले आदेश दिएको आधारमा प्रहरी इन्चार्ज खटाइएको नेकपा एमालेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
दोलखाको भुषाफेदा, कालिञ्चोक, भेडपुको जुकेपानी, बैत्यश्वर गाउपालिकाको १,३ र ६ को बुथ कब्जा हुदा समेत प्रहरी प्रशासन मौन बसेको विज्ञप्तीमा उल्लेख छ । गठबन्धनको उम्मेदवारले नेतृत्व गरी मतदानस्थलमा ढुंगामुढा गर्दा नेपाली सेना , मतदाता घाइते भई सुरक्षाकर्मी चढेको गाडी तोडफोड हुदा समेत तामाकोशीको जामुने हेल्थपोष्ट, कालापानी, मालुको निर्वाचन जारी राख्न प्रजिअ खतिवडाले आदेश दिएको विज्ञप्तीमा बताइएको छ ।
बुथकव्जा, ढुंगामुडा र गुण्डागर्दीको घटनाका बारेमा मुख्य निर्वाचन अधिकृतलाई सवै जानकारी भएपनि सो घटनामा कुनै निर्णय नलिई मौनता साँधेको एमालेको आरोप छ । एमालेले बुथ कव्जा भएका मतदान केन्द्रमा पुनः मतदान गराउन माग पनि गरेको छ भने अवैध निर्वाचन गराउने कार्यमा स.लग्न भनिएकाहरुलाई तत्काल कारबाही गर्न माग समेत गरेको छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...