भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

एमाले नेतृमाथि भएको अभद्र व्यवहारप्रति अनेमसंघ दोलखाको गम्भीर ध्यानाकर्षण

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

नेकपा एमालेकी नेता उर्मिला थामी माथि गठबन्धनका कार्यकर्ताले गरेको दुव्र्यवहारप्रति अखिल नेपाल महिला संघ दोलखाले खेद प्रकट गरेको छ । नेकपा एमाले प्रदेश कमिटि सदस्य एवं अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य उर्मिला थामीलाई मतदान स्थलमा गठवन्धनका कार्यकर्ताले गरेको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मंसिर ४ गते निर्वाचनकै क्रममा गौरीशंकर गाउँपालिका २ सेतीदेवी प्राथमिक विद्यालयमा नेता थामीलाई गठबन्धनका कार्यकर्ताले अभद्र व्यवहार गरेको अनेमसंघ दोलखाकी अध्यक्ष कमला बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ,“जनताको मताधिकार प्रयोग गर्ने मतदान स्थलमा एक महिलामाथि गठबन्धनका कार्यकर्ताले घोत्रयाउने,हुत्याउने र लछारपछार पार्दा समेत प्रहरी प्रशासन मुकदर्शक बनेर हे¥यो ।”
विज्ञप्तीमा उल्लेख गरे अनुसार असामाजिक र अमर्यादित कार्यमा प्रहरी प्रशासनले प्रोत्साहन गरेको आरोप छ । निर्वाचन सम्पन्न भएपछि पनि नेतृ थामीको घर घेर्ने,ज्यान मार्ने धम्की दिने र आतङ्कित बनाउने कार्य नरोकिएको भन्दै यस्ता घटनाको अनेमसंघ घोर भत्र्सना गर्दछ, भनिएको छ ।
गठबन्धनले बुथ कब्जा गर्ने उद्देश्यसहित मतदातालाई त्रसित पार्दै महिला नेतृ उर्मिला थामी माथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अपराधिक गतिविधिमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
एमाले नेतृ थामीलाई गठबन्धनका कार्यकर्ताले गरेको दुव्र्यवहारको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि अनेमसंघ दोलखाले विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको छ ।

राउत गाउँको रायोको साग
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.