भर्खरै प्रकाशित: विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन धरमघरबासीको फेरिएको जीवन महङ्गो क्यामरा

दोलखामा मंसिर १५गते हुने पुनः मतदानमा सुरक्षा व्यवस्था कडा

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखामा मंसिर १५गते  हुने  पुनः मतदानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मंसिर ४ गतेको निर्वाचनमा बुथ कब्जा भएका बुथमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचनसुरक्षाका लागि तैनाथ गरिसकिएको प्रहरीले जनाएको छ ।

निर्वाचनलाईनिष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्थाचुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न अपिल गरिएको छ ।मत पत्र सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित कर्मचारीको टोली मतपत्र सहित मतदान केन्द्रहरुहरुमा पुगि सकेका छन् ।

पुनः मतदानमा ४ सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता राजेश सिग्देलले बताउनुभयो ।

पुनः मतदानमा यसअघि खटिएका सुरक्षाकर्मी भन्दा तीन गुण बढी सुरक्षाकर्मी परिचालन गरिसकिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनुभयो । उहाँले पुनः मतदान हुने क्षेत्र पुरै सिल गरिने पनि बताउनुभयो ।निर्वाचनलाई भयरहीत बातावरणमा सम्पन्न गर्न र डर क्रासरहित बनाउन आफ्नोतर्फबाट कुनै कशर बाँकि नराखिएको उहाँको भनाई छ ।

बुथ कब्जा भएका दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिकविद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिकविद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ कोकालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख भोली पुनःमतदान हुँदैछ  ।

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

.