कालिनाग मन्दिरको मूर्तिमा प्राण प्रतिष्ठा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ८ मा रहेको प्रशिद्ध धार्मिक स्थल कालिनाग मन्दिर पुन निर्माण सम्पन्न भएसंगै नयाँ मूर्तिको प्राण प्रतिष्ठा एवं पुराना मूर्तिको व्यवस्थापन कार्य सम्पन्न भएको छ ।
मौलिक शैलीमा पुन निर्माण भएको कालिनाग मन्दिरमा विधिविधानसहित पुरानो मन्दिरबाट नवनिर्मित मन्दिरमा नयाँ मूर्तिको प्राण प्रतिष्ठा तथा पुराना मूर्तिको व्यवस्थापन गरिएको हो ।
३ दिन सम्म सञ्चालन गरिएको कार्यक्रम पौराणिक भजनकृतन तथा पञ्चेवाजाका साथ उल्लासका साथ सम्पन्न भएको हो । मन्दिरमा प्राण प्रतिष्ठा एवं मूर्ति व्यवस्थापनका लागि सयौंैको सङ्ख्यामा स्थानीयले कलशयात्रा समेत गरेका थिए । मन्दिरमा ३ दिनसम्म ११ जना पुरोहितले नियमित पुजापाठ समेत गरेका थिए । स्थानीय लगायत विभिन्न स्थानबाट उपस्थित धर्मावलम्बीहरुको उत्साहजनक उपस्थितिमा लाखवत्ती प्रज्ज्वलन सहितप्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त मन्दिर ३ करोड २९ लाख ८५ हजार ८ सय ३१ रुपैयाको लागतमा निर्माण भएको समितिको भनाइ छ । मन्दिर परम्परागत तेलिँया ईटा र तामाको पाता जडित छानासहित पुनः निर्माण भएको मन्दिरसहित आकर्षक सिँढी र सत्तल निर्माण सम्पन्न भएको छ ।
महाशिव पुराण,प्रदेश अनुदान,कालिञ्चोेक गाउँपालिका र विभिन्न वडाको अनुदान,पुरातत्व विभाग अनुदान, विभिन्न बैंक तथा वित्तीय संस्थाको अनुदानमा सो मन्दिर निर्माण सम्पन्न भएको हो ।
वि.स. २०४८ मा जिर्णोदार गरिएको कालिनाग मन्दिर वि.स.२०७२ को विनासकारी भुकम्पले क्षति गरेपनि अहिले पुरातात्वीक ढङ्गले पुर्न्निनर्माण सम्पन्न भएको निर्माण व्यवस्थापन समितिका सचिव मोहन प्रसाद पाठकको भनाइ छ । सचिव पाठकका अनुसार मन्दिर आसपास रहेको चौघरा दरवार, गणेश मन्दिर, गणेश पाटी, गुठी लगाएत धार्मिक स्थलहरुको संरक्षण र संवद्धन गर्ने, मन्दिरमा पुजालाई व्यवस्थापन गर्ने, मन्दिर परिसरमा भजनकिर्तनको लागि भवन निमार्ण गर्ने लगायतका योजना रहेका छन् ।
कालिनाग मन्दिरको ऐतिहासिक पृष्ठभूमि
किम्बदन्ति अनुसार सत्रौ शताब्दितिर शिवाकोटीहरुको आदि पुर्खा गणेश पाध्य भारतको कुमाउ गडवालबाट एउटा रालो नभएको घण्ट बोकी सुनखानी आउदै गर्दा बाटोमा विश्राम गरे । रातमा विश्राम गर्दा उनी गाईको गोवरले पोती घण्टलाई सिरान छेउमा राख्दथे ।
विहान घण्ट उठाउदा घण्टभित्र छोपिएर रहेको अवस्थामा एउटा नागको दर्शन पाउथे । यसै क्रममा गणेश पाध्ये हालको सुनखानी छर्पकुमा आई छाप्रो हाली बसोबास सुरु गरे । छर्पकुमा पनि नागले त्यसैगरी दर्शन दिए पछि उनले मन्दिर बनाउने सोचाई बनाए । एक दिन सपनामा नागले हालको मन्दिर छेवैमा रहेको बाँझको रुखमा बसेको देखाए पछि पाध्येले सोहि रुखको फेदमा कालिनागको कुलायन स्थापना गरी पुजा अर्चना सुरु गरे ।
यसरी स्थापना गरिएको कुलायन शिवाकोटी बन्धुहरुले कूल देवताका रुपमा पूजा गर्दै आएका छन् भने कालिनाग प्रति सबै थर, गोत्र, जातजाति र धर्माबलम्बिहरुले उत्तिकै आस्था र विश्वास प्रकट गर्ने गरेका छन् । मन्दिरमा दर्शन र पुजा गरे मागेको कुरा पुरा हुने जन विश्वास रहदै आएको छ । परम्परा अनुसार शिवाकोटीहरुको कुल पुजा गर्ने पर्वहरु नागपञ्चमी र देवालीमा शिवाकोटीहरुको मूलघर चौघरामा रहेको कुल कोठामा संरक्षण गरिएको घण्ट मूल पुजारीको अगुवाईमा बाजा गाजा, भजनकृतन सहित कालिनाग मन्दिरमा लगि विशेष पुजा गरी बेलुकी सोहि ढङ्गले दरवार भित्राईने परम्परा रहेको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...