ऐतिहासिक शहर दोलखामा राइती अर्थात पौराणिक ढुङेधारा निर्माण सम्पन्न
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताकिरात कालमा निर्माण भएको ऐतिहासिक ढुङेधाराको बाग्मती प्रदेश सरकारले पुननिर्माण गरिदिएको छ ।
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर २ को ऐतिहासिक शहर दोलखामा राइती अर्थात पौराणिक ढुङेधारा निर्माण सम्पन्न भएको हो ।
बाग्मती प्रदेश सरकारको खानेपानी महाशाखाबाट प्राप्त सहयोग र जनश्रमदानमा खानेपानी तथा सरसफाई उपभोक्ता समिती मार्फत पुननिर्माण सम्पन्न भएको वडा अध्यक्ष स्टालिन श्रेष्ठले बताउनुभयो ।
बाग्मती प्रदेश सरकारको ५० लाख र श्रमदान ५ लाख ७७ हजार ५ सय ४७ गरी ५५ लाख ७७ हजार ५ सय ४७ रुपैयाको लागतमा पुननिर्माण सम्पन्न भएको हो ।
प्राचीन कालमा निर्माण गरिएको यस धाराको दीर्घकालिन संरक्षणका लागी खानेपानी तथा सरसफाई उपभोक्ता समितीले महिलाको मात्र प्रतिनिधित्व रहेको ७ सदस्यीय संरक्षण समिती निर्माण गरेको छ ।
नियमित सरसफाई र दिगो रुपमा सञ्चालनका लागी २ लाख ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरिएको समितीले जनाएको छ ।
धाराका विभिन्न भागमा वराह, हनुमान, कृष्ण र नरसिंह नारायणका प्राचिन मुर्ति रहेका छन ।
महिलाले मात्र प्रयोग गर्ने यस धारा परापुर्वकालमा राजाले रानीलाई नुहाउन बनाइदिएको किम्बदन्ती रहेको स्थानीयबासीको भनाई छ ।
प्राचीन शैलीमा आकर्षक झिगटीको छानो सहित पार्टी समेत निर्माण गरिएको छ ।
आफनै इतिहास बोकेको यो धाराबाट घटस्थापनाको दिन त्रिपुरासुन्दरीका पुजारी तथा पुरोहितले विशेष पुजा गरेपछि चोखो पानी थाप्ने चलन आजपनि यथावत छ ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...