दोलखा बोचमा विद्यालय भवन नबन्दा बालबालिका चिसो बसेर पढन बाध्य
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भुकम्प गएको ७ वर्ष वितिसक्दा पनि विद्यालय भवन नबन्दा बालबालिका चिसो बसेर पढन बाध्य बनेका छन ।
जिल्लाका धेरै विद्यालय भवन बनेपनि भिमेश्वर नगरपालिका वडा नम्बर ८ बोच स्थित देवी मावी बोचका बालबालिका ७ वर्षदेखी अस्थायी टहरामा बसेर पढन बाध्य भएका हुन ।
अस्थायी टहरोमा चिसोका कारण बालबालिका कठयारिएर पढन बाध्य बनेका छन ।
दोलखाका अधिकाश विद्यालय भवन निर्माण भइसकेपनि यस विद्यालयको भवन निर्माणको काम हालसम्म पनि सम्पन्न हुन नसकेको हो ।
जस्तो छानो र बार भएकाले एक अर्कोको कोठाको आवाज ठोकिएर शिक्षकलाई पठाउन समेत समस्या हुदै आएको छ ।
विद्यालय भवन नबन्दा जाडो महिनामा जस्ताबाट शित चुहिने गरेको विद्यालयका
एशियाली विकास बैकको सहयोगमा २०७७ भदौबाट विद्यालय निर्माण थालेपनि हालसम्म विद्यालय निर्माण सम्पन्न हुन नसकेको हो ।
जसका कारण बालबालिका चिसोमा अस्थायी टहरामा नै बसेर पढन बाध्य बनेका हुन ।
६ करोड ६८ लाख ७८ हजारको लागतमा निर्माणधी ३ कोठे ३ तल्ले २ वटा विद्यालय भवनको काम ८० प्रतिशत सम्पन्न भएको विद्यालयले जनाएको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...