निलकमल कृषि सहकारीको अध्यक्षमा कल्पना खरेल
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
निलकमल कृषि सहकारी कालिञ्चोक गाउँपालिका ८ सुनखानीको ९ औ साधारण सभाले कल्पना खरेल शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष देवका खरेल,सचिव नारायण शिवाकोटी,सहसचिव निर्मला दहाल,कोषाध्यक्ष गणेशराज खरेल चयन भएका हुन् ।
यसैबीच लेखा समिति संयोजक ईश्वरी खड्का कार्कीको संयोजकत्वमा लेखा समिति चयन गरिएको संस्थाले जनाएको छ । सहकारी संस्थाकी अध्यक्ष प्रतिमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका सचिव नारायण शिवाकोटीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गणेशराज खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारीले कृषकलाई मल वितरण गर्दै आएको छ भने २५ रोपनी जग्गामा सामुहिक अदुवा खेती,कृषकका कफी संकलन तथा बजार व्यवस्थापनको काम गर्दै आएको छ । यसै गरी सहकारीले वृहत्त कफी खेतीको योजना आगामी कार्यक्रममा समावेश गरेको संस्थाका संरक्षक टहल आचार्यले बताउनु भयो ।
संस्थामा जम्मा १ हजार ४ सय ७१ सदस्य रहेका छन् । संस्थाको हालसम्मको कुल पूँजी ३ करोड ५ लाख रहेको संस्थाले जनाएको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...