जिल्ला सहकारी संघको १७ औ वार्षिक साधारण सभा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जिल्ला सहकारी संघ दोलखाको १७ औ वार्षिक साधारण सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । सभामा १९ करोड १७ लाख २९ हजार ४सय रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।
जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईँको अध्यक्षतामा सम्पन्न सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सहकारी संस्थाको रुपमा हाम्रो गर्ने जनकल्याण बचत तथा ऋण सहकारी संस्था,उत्कृष्ट सहकारी संस्थाको रुपमा सूर्योदय सहकारी बचत ऋण सहकारी संस्था, उत्कृष्ट शेयर खरिदकर्ता मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था, र गौरीशंकर सहकारी बहुद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको छ ।
उत्कृष्ट व्यवस्थापकको रुपमा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, उत्कृष्ट कर्मचारीहरु जनहित बहुद्देश्यीय सहकारी संस्थाका सिर्जना न्यौपाने, अर्थभुमी बचत तथा ऋण सहकारी संस्थाका सुवास श्रेष्ठ, दीक्षण दैनिकका सम्पादक सिर्जनकुमार घिमिरे, जिल्ला सहकारी संघको पूर्व सञ्चालक समितिका पार्वती श्रेष्ठलाई सम्मान गरिएको छ भने सहकारी अभियन्ता पुरस्कार त्रिपुरा महिला बचत तथा ऋण सहकारी संस्थाका सोममाया श्रेष्ठलाई प्रदान गरिएको छ ।
त्यसैगरी साधारण सभाको अवसरमा कालिढुङ्गा कुषि सहकारी संस्थालाई प्रविधिका सामग्रीहरू कम्प्युटर र प्रिन्टर प्रदान गरिएको जिल्ला सहकारी संघ दोलखाले जनाएको छ । सभामा प्रतिनिधि सभाका सदस्य गंगा कार्की,मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङ, बागमती प्रदेश सहकारी संघका महासचिव भिमप्रसाद दाहाल,केन्द्रीय बचत तथा ऋण सहकारी संघका सञ्चालक जिवसराज खड्का,प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा जिल्ला सरकारी संघ दोलखाका पूर्व अध्यक्ष शिवजी राउत,संघका उपाध्यक्ष देवीप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...