शनिबार लाग्ने पुरानो हाटबजार चरिकोटको हिमचुली टोलमार्गमा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखाको सदरमुकाम चरिकोटमा शनिबार लाग्ने हाटबजार व्यवस्थित गरिएको छ । जिल्ला सदरमुकाममा हरेक शनिबार लाग्ने पुरानो हाटबजार आजबाट हिमचुली टोलमार्गमा राखिएको हो ।
यसअघि विभिन्न मिडियामा समाचार प्रशारण भएपछि भिमेश्वर नगरपालिकाले चरिकोट चोकमा लाग्दै आएको हाटलाई सहायक बजारमा राख्न सुरु गरेको हो ।
गाउँ गाउँबाट स्थानीयहरूले उत्पादन गरेको हरियो तरकारी, फलफूल, खाद्यान्न बाली लगायतका सामानहरु सडकै ओगटेर बिक्री वितरण हुदै आएको थियो ।
सडकमै लाग्ने हाटबजारमा सामान बिक्री गर्ने र खरिद गर्नेको भिड लाग्ने भएपछि सवारीका साधन आवतजावत गर्न समस्या हुनुका साथै सवारी दुर्घटना समेत हुदै आएको थियो
त्यस्तै हाटमा वास्तविक ग्रामीण भेगबाट आएका कृषकलाई मात्र बिक्री गर्न दिएको थियो भने दैनिक व्यापार गर्ने व्यापारीहरुलाई अन्यत्र सामान राख्न भिमेश्वर नगरपालिकाले निर्देशन दिएको छ ।
वास्तविक किसानले ल्याएका सामानले भाउ पाउनुको साथै उपभोक्ताले पनि सस्तो सामान पाएको नगरपालिकाको भनाई छ ।
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददातासाउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...